नक्कली नेपाली पैसा बनाउने भारतीय पक्राउ

भीमदत्तनगर, २८ पाैष ।  प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलीले नेपाली रु एक हजारको नक्कली नोट बनाइरहेको अवस्थामा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाटका २२ वर्षीय बलवीर सिंह र १९ वर्षीय कृष्ण सिंहलाई पक्राउ गरेको क्षेत्रीय अनुसन्धान ब्यूरोका प्रहरी सहायक निरीक्षक केशव जोशीले जानकारी दिए । 

अभियुक्तहरुको साथबाट रु एक हजारको नोट बनाउन लागि काटेका कागज, विभिन्न केमिकल र मेसिनसमेत ब्यूरोले नियन्त्रणमा लिएको उनले बताए । “हामी एक महिनादेखि नक्कली नोट बनाउने गिरोहबाट विशेष निगरानीमा थियौँ ।”  प्रहरी सहायक निरीक्षक जोशीले भने , “पक्राउ परेका अभियुक्तहरु लामो समयदेखि भारतमै बसेर नोट बनाउन सक्रिय थिए ।” उनले विभिन्न उपायबाट अभियुक्तलाई नोट छाप्न भन्दै सीमा क्षेत्रसम्म ल्याइपु¥याउँदै नियन्त्रणमा लिन सफल भएको बताए । 

“अभियुक्तहरुले भारतकै हिमाञ्चलबाट नक्कली रुपैयाँ बनाउने मेसिल ल्याएको प्रारम्भिक अनुसन्धानबाट देखियो ।” जोशीले भने , “नक्कली नोट बनाउन ठूलो गिरोह सक्रिय छ ।” पक्राउ परेका अभियुक्त र भेटिएका सामानसहित ब्यूरोले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाएको छ । रासस

१० महिने बालकलाई नेपाली आमाले बचाइन रेल दुर्घटनामा

काठमाडौं । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा एकजना नेपाली आमाले सेकेन्डभरमै १० महिने बालकलाई बचाइकी छन् । जसका कारण भारतीय मिडियामा उनको चर्चा

टिपर दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

मेलम्ची, ५ कात्तिक । जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा. ४ ख ९०१७

सुपरस्टार रजनिकान्त पनि ‘मीटू’ अभियानमा

नयाँ दिल्ली । दक्षिणी भारतीय सुपरस्टार रजनिकान्त ‘मीटू’ अभियानको समर्थनमा उभिएका छन् । भारतमा कार्यक्षेत्रमा हुने यौन दुर्व्यवहारविरुद्ध

सरकारी अस्पतालमा करोडौंको आम्दानी

चितवन, ५ कात्तिक । बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार