लागुऔषधसहित सात पक्राउ

सुरुङ्गा, झापा, २८ पाैष ।  एकैदिन लागुऔषध (ब्राउनसुगर र खैरो हिरोइन)सहित सातजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–२ निवासी २९ वर्षीय अर्जुन श्रेष्ठ र सोही नगरपालिका–१० का १८ वर्षीय मनिष खड्का, बिर्तामोड नगरपालिका–६ निवासी २४ वर्षीय अनिष भण्डारी, पाँचथरको फिदिम नगरपालिका–१ घर भई हाल बिर्तामोड–५ बस्दै आएका २८ वर्षीय रोशन न्यौपाने, बिर्तामोड नगरपालिका–६ का ३० वर्षीय रामेश्वर चौधरी, सोही नगरपालिका–३ निवासी ४८ वर्षीय प्रेम खड्का र मेची नगरपालिका–२ का २९ वर्षीय अर्जुन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनीहरुलाई पूर्वी नाका काँकडभिट्टास्थित मेची नगरपालिका–६ र १० बाट पक्राउ गरिएका उनीहरुको साथबाट ब्राउनसुगर, खैरो हिरोइनसहित डाइजापाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । 

पक्राउ परेका सातैजनामाथि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । रासस 

अब घर-घरमा विद्युतीय चुलो: प्रधानमन्त्री

काठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री केशी शर्मा ओलीले अब घरमा घरमा विद्युतीय चुलो बनाइने बताएका छन् । मंगलबार साझा यातायातको ‘बिजुली बस’को

एनआरएनका मध्यपूर्व संयोजक कतारमा पक्राउ

काठमाडौं, ६ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएन)का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा पक्राउ परेका छन् । उनलाई कतार प्रहरीले मंगलबार नै पक्राउ

दुई वर्षपछि सरदर आयु ७३ वर्ष !

काठमाडौं, ६ कात्तिक । नेपालीको सरदर आयु २०७७ सम्म ७३ वर्ष पुगाउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा

सुलभ ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनित

काठमाडौं, ६ कात्तिक । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको