आज ‘मिस्टर झोले’ भर्सेस  ‘बटरफ्लाई’

काठमाडौं, २८ पौष । यो हप्ता दुई नेपाली चलचित्र प्रर्दशनमा आएका छन् । रामबाबु गुरुङ निर्देशित  फिल्म  ‘मिस्टर झोले’ र ओमप्रतिक गुरुङ निर्दशित फिल्म  ‘बटरफ्लाई’ । यी दुवै मल्टिप्लेक्स दर्शक लक्षित फिल्म हुन् ।

मिस्टर झोलेमा दयाहाङ राई, दिया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ। फिल्ममा निर्देशक रामबाबुकै कथा लेखन रहेको छ भने निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र विक्रम स्वरको कोरियोग्राफी रहेको छ।

यस्तै ‘बटरफ्लाई’मा प्रियंका कार्की, आर्यन अधिकारी, रविन्द्र खड्का, अर्पण थापा, पुराण थापा, सुष्मा कार्की लगायतको अभिनय रहेको छ।

 

दीपिका र रणवीरको बिहे अर्को महिना

नयाँ दिल्ली । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले अर्को महिना बिहे गर्ने भएका छन् । दीपिकाले आफ्नो ‘इन्स्टाग्राम एकाउन्ट’मा

आलिया रणवीरसँगै न्यूयोर्कमा

न्यूयोर्क, ४ कात्तिक । बलिउड अभिनेत्री आलिया भट्ट न्यूयोर्क पुगेकी छन् । अभिनेता रणवीर कपुरसँगै रमाइरहेका तस्वीर सार्वजनिक गरेकी छन् । रणवीरका

नाना पाटेकर र साजिद खानले छोडे ‘हाउसफुल-४’

मुम्बई । यौन दुर्व्यवहारको आरोप लागेपछि निर्देशक साजिद खान र अभिनेता नाना पाटेकरले ‘हाउसफुल-४’ छोडेका छन् । भारतमा चलिरहेको ‘मी टू’ अभियानले

प्रियंका चोपडाको बिहे अर्को महीना

मुम्बई । अभिनेत्री प्रियंका चोपडाले बिहेको तयारी शुरु गरेकी छन् । अर्को महीना अर्थात नोभेम्बरमा हुन लागेको जनाएको छ । प्रियंकाले दुई महीना अघि निक