नेपाली काग्रेसका नेता माझीको निधन

राजविराज, २८ पाैष ।  नेपाली काँग्रेसका निष्ठावान् नेता एवम नेवि संघबाट यहाँको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्ववियूका पूर्वसभापति राजविराज नगरपालिका–३ निवासी शशीकुमार माझीको बिहीबार असामयिक निधन भएको छ । काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका उनको भारतको दरभङ्गास्थित पारस अस्पतालमा उपचारका क्रममा निधन भएको काँग्रेसका जिल्ला सभापति दिनेशकुमार यादवले बताए । ५८ वर्षीय माझी केही समययता मिर्गौलाको रोगबाट पीडित थिए । २०३९ सालमा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेवि संघबाट सभापति पदमा उनि निर्वाचित भएका थिए  । 

जिल्ला खेलकुद विकास समिति, सप्तरीको अध्यक्षसमेत भइसकेका माझीलाई काँग्रेसको झण्डा ओढाएर विहिबार श्रद्धाञ्जली अर्पण गरियो । उनको हिजै साँझ राजविराजमा दाहसंस्कार गरियो । माझीका दुई छोरा, एक छोरी र पत्नी छन् । 

अहिले पनि नेका बलियो छः महामन्त्री कोइराला

विराटनगर, ५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस अहिले पनि बलियो रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज

नेकपा सचिवालय बैठकमा बामदेव प्रकरणबारे बहस, मानन्धरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।