चिसोका कारण आलुखेती नष्ट

इनरुवा, २७ पाैष । सुनसरीका किसानले लगाएको आलु बालीमा रोग किरा लागेपछि आलुखेती नष्ट हुन थालेको छ । जिल्लाको हरिनगरा, देवानगञ्ज, रामनगरभुटहा, गौतमपुर, कप्तानगञ्जलगायतका क्षेत्रमा कृषकले सघनरुपमा गरेको आलुखेतीमा चिसोका कारण डढुवा रोग लागेको छ । 

लगानीअनुसारको प्रतिफल नआउने भएपछि किसान समस्यामा परेको स्थानीयवासी मुस्ताक अन्सारीले बताए । सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएको आलुबालीमा डढुवा रोग देखिएको छ । किसानले ऋण काढेर लगाएको आलुखेतीमा पुसको पहिलो साताबाट शुरु भएको शीतलहरका कारण डढुवा रोग देखापरेको छ । 

किसानले रोपेको बीउसमेत उठ्न नसक्ने अवस्था छ । शीतलहरका कारण आलु सुक्ने, कम फल्ने, आलुको लहरा गल्नेलगायत लक्षण देखापर्न थालेको रफिद अन्सारीले बताए । 

जिल्ला कृषि विकास कार्यालयले कार्यक्रम बजेट स्थानीय तहमा गएका कारण प्राविधिक सहयोग मात्र गर्न सक्ने जनाएको छ । सुनसरीमा करिब नौ हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ । चिसोका कारण करिब ४० देखि ५० प्रतिशतसम्म आलुखेती सखाप भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत दीपेन्द्र पोखरेलले बताए । रासस

भन्सार पुनःस्थापना नहुँदा तिब्बतको व्यापार ठप्प

दार्चुला, ३ कात्तिक । हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह

मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

पर्वत, १ कात्तिक । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन

 भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग

केरा खेतीले यसरी किसानको ध्यान खिच्यो

भीमदत्तनगर । झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै