घाँटीमा पलाएको एेँजेरूले बृद्धलाई समस्या

इलाम, २७ पाैष । इलामको बरबोटेस्थित आरुबोटेका ७८ वर्षका धनरुप नोगु (लिम्बू) घाँटीमा पलाएको ऐजेरु बोकेर हिँड्न बाध्य छन्।  उपचारमा डाक्टरले रु दुई लाख लाग्ने बताएपछि आर्थिक अभावका कारण उनि ऐजेरु नै बोकेर हिँड्न बाध्य भएका हुन् । एकदमै न्यून आर्थिक अवस्थाका लिम्बू ऐँजेरुका कारण केही गर्न नसकिएको बताउँछन् । 

२०२६ सालमा उनको घाँटीमा सानो कोठीजस्तो देखियो । त्यो कोठी पछि बढ्दै गयो । कोठी बढ्दै गएपछि उनले सदरमुकामको सिङ्फ्रिङस्थित डा मेघबहादुर सामुदायिक अस्पतालमा उपचार गराए । उपचार गराउँदा गाउँलेले रु १३ हजार चन्दा उठाइदिए । तर त्यसले कुनै पत्तो लागेन । 

“करिब २० वर्षअघि नै मैले यसको उपचार गराउन खोजेँ, तर डाक्टरले दुई लाख लाग्छ भनेपछि मेरो केही लागेन, मसँग त्यत्रो पैसा नभएपछि अहिलेसम्म ऐँजेरु बोकेर हिँड्न बाध्य छु,” उनले भने । 

खान लगाउन पैसासमेत नभएको बेलामा दुई लाख त सपनाजस्तो लाग्यो, उनि भन्छन् “उपचार नगराउँ भने यसकै कारण मरिने चिन्ता, गराउँ भने पैसा छैन” उनले दुखेसाे पाेख्दै भने  “जिल्लामा धेरै संघसंस्था गरिब दुःखीको क्षेत्रमा काम गर्ने भन्ने सुनिन्छ, तर कसैले वास्ता गरेका छैनन् ।” 

आर्थिक अवस्था कमजोर भएकै कारण आफू जीवनभर पीडित हुनुपरेको उनको दुखेसो छ । हुनेखाने भएको भए त उपचार गराउँथेँ, तर गरिबलाई हेर्ने कोही रहेनछ, उनले सुनाए। उनको घाँटीमा पलाएको मासुको डल्लो विस्तारै गालातिर सर्दैछ । पाँच किलोभन्दा बढी तौल भएको उक्त ऐँजेरुका कारण उनि राम्रोसँग बोल्न पनि सक्नुहुन्न । 

बेला–बेलामा मुखबाट पिप र रगत बग्छ, उनले भने “खाना खाँदा दुख्छ, हिँड्डुल गर्दा पनि साह्रै अप्ठ्यारो हुन्छ ।” घाँटीमा मासुको डल्लो ठूलो भएकाले कपडा लगाउन पनि उनलाई मुस्किल पर्छ । कपडा लगाए पनि रातभर पोल्ने गरेको उनि सुनाउँछन्  । उपचार गराउन पाएको भए बाँकी जीवन सुखी तरिकाले बित्न पाउने नोगुले आशा गरेका छन् ।  रासस

सुदूरपश्चिम प्रदेशमा निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै

कैलाली, ६ कात्तिक । सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधी दिएपछि...

भक्तपुर, ५ कात्तिक । दशैँको महाअष्टमीका दिन चाँगुनारायण नगरपालिका वागिश्वरीका ४४ वर्षीय रामकृष्ण गिरी देब्रे छाती दुखेपछि उपचारका लागि भक्तपुर

जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रस्ताव

काठमाडौं, ४ कात्तिक । मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा नयाँ

मांसाहारी व्यक्ति किन हिंस्रक स्वभावको हुन्छ ?

हरेक प्राणीलाई भोजन नभइ नहुने चिज हो । मानसिक, शारीरिक बिकासका लागि र दैनिक जीवनयापनका लागि अत्यावश्यक बस्तु हो भोजन । जबदेखि यो जगतमा जीवको उत्पत्ति