फुसको छाना विस्थापन अभियान

रोल्पा, २७ पाैष । रोल्पाको सुवर्णावती गाउँपालिकाले पाँच वर्षभित्र सबै  विस्थापन गर्ने भएको छ । गाउँपालिकाको प्रथम सभाले पाँच वर्षभित्र गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका बनाउने निर्णयसहित अभियानको थालनी गरेको बताइएको छ । 

विगतमा फुसको छाना भएका घर आगलागीको चपेटामा परेको हुँदा आगामी दिनमा सो समस्याबाट बच्नका लागिसमेत यस्तो अभियान चालिएको सुवर्णावती गाउँपालिका–४ का वडाध्यक्ष जेडबहादुर विष्टले जानकारी दिए । 

आगलागीको अत्यधिक सम्भावना हुने र दुई/चार वर्षको अन्तरमा छाना परिवर्तन गरिरहनु पर्ने समस्याबाट मुक्त हुन गाउँपालिकाले यस्तो निर्णय गरेको विष्टले बताए । 

गाउँपालिकाभित्र बसोबास गर्दै आएका गरिब र विपन्नका लागि टिनको पाता सहयोग गर्ने भन्दै चालु आवमा रु एक करोड विनियोजन भइसकेको गाउँपालिकाले वताएको छ । गरिबीका कारण टिनले घर छाउन नसक्नेका लागि प्रति घरधुरी रु ५० हजार मूल्य बराबरको कर्कट पाता सहयोग गर्ने भएको छ । 

बढ्दो सुख्खा खडेरीका कारण आगलागीको प्रकोप बढिरहेको हुँदा फुसको छाना आगलागीको अत्यधिक जोखिममा रहने भएकाले गाउँपालिकाभित्रका सबै फुसका घर विस्थापित गराउने निर्णय गरेका छाैँ, सुवर्णावती गाउँपालिका–३ का वडाध्यक्ष गंज क्षेत्रीले भने । 

यस वर्ष गाउँपालिकाभित्र पर्ने आठवटै वडाका २०० घरधुरीलाई रु ५० हजारका दरले सहयोग गर्ने क्षेत्रीले जानकारी दिए । आफ्नो वडाका २५ गरिब घरधुरी छनोटका लागि आफैँ सर्वेक्षणमा गएर वास्तविक गरिब छनोट गरिने क्षेत्रीले बताए । रासस

दुई वर्षपछि सरदर आयु ७३ वर्ष !

काठमाडौं, ६ कात्तिक । नेपालीको सरदर आयु २०७७ सम्म ७३ वर्ष पुगाउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा

आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण

दमौली, ६ कात्तिक । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित सुनौलो भविष्य आमा समूहको सक्रियतामा १० लाखको लागतमा भवन निर्माण गरिएको छ । नाचगान,

१० महिने बालकलाई नेपाली आमाले बचाइन रेल दुर्घटनामा

काठमाडौं । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा एकजना नेपाली आमाले सेकेन्डभरमै १० महिने बालकलाई बचाइकी छन् । जसका कारण भारतीय मिडियामा उनको चर्चा

मह झिक्न खोज्दा ज्यान गयो

गोरखा, ५ कात्तिक । भिरमौरीको मह झिक्न खोज्दा भिरबाट लडेर एक व्यक्तिको मुत्यु भएको छ । गोरखाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर