केन्द्रीय समितिको बैठक शुरु

काठमाडौँ, २५ पाैष ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को राप्रपा र राप्रपा (प्रजातान्त्रिकसँग) एकता गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिनका लागि केन्द्रीय समितिको बैठक शुरु भएको छ । पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा शुरु भएको बैठकमा वैचारिक दृष्टिकोणमा दुवै पार्टी प्रष्ट भएमा पार्टीलाई एकता गरी फरक अस्तित्व कायम गर्न सकिने विषयमा छलफल हुनेछ । 

डा लोहनीको राजनीतिक प्रतिवेदनमा पार्टीको वैचारिक नीतिमा हिन्दू राष्ट्र र राष्ट्रिय चरित्रको संस्थाका रुपमा संवैधानिक राजसंस्थालाई न्यूनतम सर्तका रुपमा समावेश गरिएको छ । 

परिवर्तित अवस्थामा जनताको चाहनालाई सम्बोधन गरी देशभर रहेका राष्ट्रवादी शक्तिलाई एकजुट बनाउन पार्टीले भूमिका निर्वाह गर्ने, स्थानीय तहदेखि नै संगठन सुदृढीकरण गर्नेलगायत विषयमा पनि छलफल गरिने केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए । राप्रपाले यसअघि नै पार्टी एकताका लागि आग्रह गरिसकेको छ । 

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भएका अन्तर्घात, आन्तरिक विवाद, पार्टी अनुशासनविपरीत कार्य गरेका नेतालाई प्रष्टीकरण लिने र कारबाही गर्ने वा नगर्नेबारे निर्णय लिने छ ।  रासस

नेकपामा सुनुवाई भएन माधव नेपालको असन्तुष्टि

काठमाडौँ, ६ कात्तिक , नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र नेता माधव कुमार नेपालले लिखित रुपमा दर्ता गराएको असन्तुष्टिको सुनुवाई हुन सकेन । पार्टीको

अहिले पनि नेका बलियो छः महामन्त्री कोइराला

विराटनगर, ५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस अहिले पनि बलियो रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज

नेकपा सचिवालय बैठकमा बामदेव प्रकरणबारे बहस, मानन्धरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको