हिमपातले चीनमा दशको मृत्यु

बेईजिङ, २१ पुस । चीनको मध्य तथा पूर्वी प्रान्तमा परेको हिमपातका कारण दश जनाको मृत्यु भएको छ ।

यही जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्युनिकरण राष्ट्रिय आयोगले जनाएको छ । भीषण हिउ बर्षा र हिमआँधीका कारण थुप्रै घरहरु ध्वस्त भएका छन् भने कृषिबाली नष्ट भएको र विद्युत सेवा अवरुद्ध भएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । 

उनीहरुका अनुसार शान्छी, हेनान, हुबेई, अन्हुई र जिआङसु प्रान्तहरु हिउँबाट बढी प्रभावित भएका छन् । झण्डै दुई सय जना विस्थापित भएका छन् भने एक सय जना भन्दा बढी मानिसलाई आपतकालीन सेवाको आवश्यकता रहेको आयोगले जनाएको छ । आयोगका अनुसार झण्डै दुई सय घर ध्वस्त भएको र अरु चार सय घरमा क्षति पुगेको छ । खराब मौसमले झण्डै १३ हजार १०० हेक्टर क्षेत्रफलको कृषिभूिममा असर पारेकोमध्ये नौ सय हेक्टर क्षेत्रफलको बालीनाली नष्ट भएको छ । रासस/सिन्ह्वा

मध्य अमेरिकालाई सहायता कटौती गर्ने ट्रम्पको चेतावनी

मेक्सिको, ६ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य अमेरिकी राष्ट्रहरुलाई उपलब्ध गराइआएको सहायता रकम कटौती गरिने चेतावनी दिएका छन् ।

खशोग्गीप्रति साउदी राजपरिवारको समवेदना

रियाद, ६ कात्तिक । रहस्यम तरिकाले हत्या गरिएका साउदी पत्रकारका परिवारजनप्रति साउदी राजपरिवारले समवेदना व्यक्त गरेको छ । साउदी राजा सल्मान बिन

भूकम्पको धक्काले हल्लायो ताइवानलाई

ताइपेइ, ६ कात्तिक । ताइवानमा मङ्गलबार मध्यान्ह ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । ताइवानको पूर्वी तटीय सहर हुवालीन

क्रोएसियाका पूर्व प्रधानमन्त्रीलाई युद्ध अपराधको आरोप

जाग्रेब, ६ कात्तिक । क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ । युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट