राष्ट्रिय सभा निर्वाचन माघ २४, दल दर्ता पुस २५ सम्म

काठमाडौं,२१ पुस । सरकारले राष्ट्रिय सभा निर्वाचन गर्ने मिति माघ २४ गतेलाई टुंगो गरेको छ । शुक्रबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सुझाव भन्दा एकदिन पहिले नै निर्वाचन गर्न लागेको हो। आयोगले माघ २५ मा निर्वाचन गर्न सुझाव दिएको थियो।

यसैगरी आयोगले आयोगले पुस २५ गतेसम्ममा दल दर्ता गरिसक्न दलहरुलाई आह्वान गरेको छ ।

यसअघि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी राजधानी तोक्न सहमति खोज्न आयोजना गरेका सर्वदलीय बैठकमा बाम गठबन्धनका दलहरुले कुनै सुझाव नदिएर सरकारलाई निर्णय गर्न बाटो छोडिदिएका थिए। वाम गठबन्धनका नेताहरुले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई दबाब दिएका थिए ।

दलहरूबीच सहमति हुन नसकेकाले प्रदेश प्रमुखको नियुक्ति गर्न भने अझै केही दिन लाग्ने भएको छ।

  

अब घर-घरमा विद्युतीय चुलो: प्रधानमन्त्री

काठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री केशी शर्मा ओलीले अब घरमा घरमा विद्युतीय चुलो बनाइने बताएका छन् । मंगलबार साझा यातायातको ‘बिजुली बस’को

एनआरएनका मध्यपूर्व संयोजक कतारमा पक्राउ

काठमाडौं, ६ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएन)का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा पक्राउ परेका छन् । उनलाई कतार प्रहरीले मंगलबार नै पक्राउ

दुई वर्षपछि सरदर आयु ७३ वर्ष !

काठमाडौं, ६ कात्तिक । नेपालीको सरदर आयु २०७७ सम्म ७३ वर्ष पुगाउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा

सुलभ ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनित

काठमाडौं, ६ कात्तिक । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको