शीत लहरले दुई दिन विद्यालय बन्द, जनजीवन प्रभावित

लहान, १९ पुस   अत्यधिक चिसो र शीतलहर बढेपछि सिरहाका सामुदायिक विद्यालयमा दुई दिन बिदा दिइएको छ । 

जिल्ला शिक्षा कार्यालयमा बसेको शिक्षा समितिको बैठकले अत्यधिक चिसोका कारण बालबालिका बढी प्रभावित भएको भन्दै बिहीवार र शुक्रबार दुई दिन सामुदायिक विद्यालयमा बिदा दिने निर्णय गरेको हो । 

दुईपछि पनि मौसममा सुधार नआए पुनः बैठक बसेर बिदा दिने वा नदिने निर्णय लिइने जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए। 

यस्तै, चिसो बढेपछि सिरहाको धनगढीमाई नगरपालिका–९ का दलित विपन्न परिवारलाई कम्बल र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । वैदेशिक रोजगारीमा रहेका धनगढीमाई नगरापालिका–९ का युवाले संकलन गरी पठाएको रकमबाट कम्बल र शैक्षिक सामग्री खरिद गरेर वितरण गरिएको हो । 

धनगढीमाई नगरपालिकाका उपप्रमुख फुलकुमारी श्रेष्ठले दलित विपन्न ३२ परिवारलाई जाडो छल्न कम्बल र उक्त बस्तीका ७२ बालबालिकाहरुलाई विभिन्न शैक्षिक सामग्री वितरण गरे। 

यहाँ शीतलहर र चिसोका कारण जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । लहानस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप निक्कै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । दैनिक चिसोका कारण बिरामी परेका करिब २० देखि २५ जना उपचारका लागि आउने गरेको जिल्ला अस्पालका मेसु डा चुमनलाल दासले जानकारी दिए। 

पछिल्लो एक सातायता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निक्कै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको संख्या ह्वातै घटेको छ । रासस

१० महिने बालकलाई नेपाली आमाले बचाइन रेल दुर्घटनामा

काठमाडौं । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा एकजना नेपाली आमाले सेकेन्डभरमै १० महिने बालकलाई बचाइकी छन् । जसका कारण भारतीय मिडियामा उनको चर्चा

टिपर दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

मेलम्ची, ५ कात्तिक । जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा. ४ ख ९०१७

सुपरस्टार रजनिकान्त पनि ‘मीटू’ अभियानमा

नयाँ दिल्ली । दक्षिणी भारतीय सुपरस्टार रजनिकान्त ‘मीटू’ अभियानको समर्थनमा उभिएका छन् । भारतमा कार्यक्षेत्रमा हुने यौन दुर्व्यवहारविरुद्ध

सरकारी अस्पतालमा करोडौंको आम्दानी

चितवन, ५ कात्तिक । बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार