एक गाग्री पानी ल्याउन छ घण्टा पैदल यात्रा

जाजरकोट, २९ जेठ । त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टा पैदल यात्रा गर्नुपर्छ ।

घर नजिक पानीको सुविधा नहुँदा सुशीला मात्र हैन प्यारगाराका ३० घरपरिवारलाई तीन घन्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ । प्यारगाराका ३० घरपरिवारका पशुचौपायालगायतको पनि एकमात्र पानीको स्रोत हो, छिपछिपे मूलको नाउलो । यसमा पानीको स्रोत कम हुँदा गाग्री लिएर पुग्नेबित्तिकै पानी भर्न पाइँदैन । पालो कुरेर पानी भर्नुपर्दा समय बढी लाग्ने गरेको छ ।

“गाउँ नजिक पानीको कुनै स्रोत छैन । दुई घन्टा लगाएर पानी ल्याउनुपर्छ, पानी ओसार्दै दिन बित्छ । ५० वर्ष अघिदेखि पिउने पानीका लागि दुःख पाउँदै आएका छौँ,” स्थानीय तिलबहादुर सार्कीले भने , “पिउने पानीका लागि कुनै नेता र सङ्घसंस्थाले वास्ता गरेका छैनन् ।” यही नाउलोको पानी पनि कसले पहिला भर्ने भन्ने तछाडमछाड हुने गरेको उनले बताए।
पशु चौपाया र जङ्गली जनावरले पनि यही नाउलामै पिउने गर्दा पानी दूषित हुने गरेको उनले बताए । वर्षात्को समयमा आकासे पानी सङ्कलन गरेर खाने गरेको पनि र बालबालिकाले समेत पढ्न नपाई पानी ओसार्नमै समय खर्चनुपरेको उनले बताए ।

तीन हजार मिटरको उचाइमा रहेको प्यारगारा फूलचाउली गाउँमा पानी अभावले चर्पीको प्रयोग तथा सरसफाइमा समेत कमी देखिन्छ । पानी अभावमा नवआगन्तुकलाई बास बसाउन नै लाज लाग्ने गरेको भक्तबहादुर सार्कीले बताए। गाउँमा बनेका चर्पी प्रयोगविहीन छन् । स्थानीय बासिन्दा खोला खोल्सा र जङ्गलमा खुला शौच गर्न बाध्य भएका छन् । जसका कारण स्थानीय बासिन्दा झाडापखाला, आउँ, जुकालगायत रोगबाट पीडित हुने गरेका छन् ।

जिल्लाका सरकारी र गैरसरकारी निकायले बर्सेनि खानेपानी योजनामा करोडौँ खर्च गर्ने गरे पनि प्यारगारा, फूलचाउलीलगायत बस्ती भने सधैँ काकाकुल छ । रासस

दुई वर्षपछि सरदर आयु ७३ वर्ष !

काठमाडौं, ६ कात्तिक । नेपालीको सरदर आयु २०७७ सम्म ७३ वर्ष पुगाउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा

आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण

दमौली, ६ कात्तिक । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित सुनौलो भविष्य आमा समूहको सक्रियतामा १० लाखको लागतमा भवन निर्माण गरिएको छ । नाचगान,

१० महिने बालकलाई नेपाली आमाले बचाइन रेल दुर्घटनामा

काठमाडौं । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा एकजना नेपाली आमाले सेकेन्डभरमै १० महिने बालकलाई बचाइकी छन् । जसका कारण भारतीय मिडियामा उनको चर्चा

मह झिक्न खोज्दा ज्यान गयो

गोरखा, ५ कात्तिक । भिरमौरीको मह झिक्न खोज्दा भिरबाट लडेर एक व्यक्तिको मुत्यु भएको छ । गोरखाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर