भक्तपुरकाे सिलिन्डर ग्याँस किन्नुहोस,पैसा बचत गर्नुहोस्

सायद हामीले केही वर्ष अगाडी भारतले लगाएको अघोषित नाकाबन्दी विर्सिसक्यौँ होला । तर तालाको भक्तपुरका न्हुँछे बहादुर प्रजापती पेशाले कुमाले अझै पनि आफूले बनाएको खुत्रुके हेर्दै बेलाबेला नाकाबन्दी याद गर्छन् । हुन त खुत्रुके बनाउने पेसासँगको मित्रता ६० बर्ष पुरानो भैसक्यो तर अघोषित नाकाबन्धी र ग्याँसको चरम अभावको बेला नाकावन्दीको बिरोध गर्ने गज्जबको उपाय उनले निकाले र बनाए ठ्याक्कै सिलिन्डर ग्याँस जस्तै देखिने ससाना खुत्रुके । उनकै सिको धेरै कुमालेले गरे र त्यसताका सिलिन्डर खुत्रुके पनि धेरै नै बिक्री भयो । ६७ बर्षिय उनी अझै आफ्नो जुक्ति सम्झेर मख्ख पर्छन् ।

तपाईं पनि परम्परागत रुपले माटोका सामग्रीहरु निर्माण गरेको हेर्न चाहनुहुन्छ भने भक्तपुरको सूर्यमढी, तालाको र च्यामासिंहमा जान सक्नुहुन्छ । यी ठाउँमध्ये सूर्यमढी प्राचीन समयदेखि माटोका साम्रगीहरु बनाइँदै आइएको मानिन्छ भने तालाको चाँही भाडाको सामग्रीको लागि प्रख्यात ठाउँ मानिन्छ जसलाई पोर्टरी स्कायरको उपनामले पनि चिनिन्छ र स्थानियहरु यसलाई कुमाले टोल भन्छन् ।

परम्परागत रुपले माटोको सामग्री बनाउनको निम्ति कालो माटो चाहिन्छ । सर्वप्रथम माटोलाई पानीसँग समीश्रण गरेर मज्जाले पेलिन्छ । पहिले माटो पेल्न हात र खुट्टाको प्रयोग गरिन्थ्यो भने आधुनिकीकरणसँगै माटो पेल्ने मेसिन आएपछि सजिलैसँग मेसिनले पेलिन्छ । यसरी पेलिएको माटोबाट डल्लालाई मिहिन रुपले छुट्याइन्छ र गोलो पाङ्ग्राजस्तो चाकामा राखिन्छ । चाकालाई पहिले लट्ठीले घुमाइन्थ्यो भने अचेल मेसिनले घुमाइन्छ । घुमिरहेको चाकामा राखेको माटोलाई हातले कलात्मक ढङ्गले आकार दिइन्छ । यसरी कुमालेले छिनमै खुत्रुके , छिनमै दियो र विभिन्न आकारका सामग्री बनाएको देखेर पोर्टरी स्कायर घुम्न आएका पर्यटकहरु छक्क पर्दै आफ्नो क्यामेरा त्यसतर्फ तेर्साउँछन् । माटोको सामग्रीको आकार आइकेपछि केही दिनको लागि उक्त सामग्रीलाई सुकाइन्छ र त्यसलाई आगोमा पोलिन्छ । यसरी सुन्दर र कलात्मक माटोको सामग्रीहरु बनाइन्छ ।

भक्तपुरमा मेसिन प्रयोग नगरी नितान्त परम्परागत ढंगले माटोको सामग्री बनाउने एकमात्र व्यक्ति हुन् लाइटर बहादुर प्रजापती । यो पेशामा आयआर्जन राम्रै भए पनि प्रजापती समुदायमा मात्र सिमित रहेको र आफ्ना सन्ततीले खासै सिक्न नचाहेकोले माटोको सामग्री बनाउने कला लोप होलाकी भनेर चिन्तित छन् उनी । “लोप हुन पनि के बेर ? उनिसँगै बसेका न्हुँछे बहादुर थप्छन् । “भाँडा बनाउन नभै नहुने कालो माटो पाउनै छाडिसक्यो !”

पहिले भक्तपुरमै कालो माटो पाइन्थ्यो । घरको संख्या वृद्धि र जग्गाको अभावसँगै यहाँ कालो माटो पाउन छाडिसक्यो । अहिले अन्य ठाउँबाट महँगै मूल्यमा किन्न खोज्दा पनि नपाउने अवस्था छ । भक्तपुरका नवनिर्वाचित मेयर पनि प्रजापती समुदायकै भएकाले केहि गर्दिन्छन् कि भन्ने आशामा छन् यहाँका प्रजापती समुदाय ।
 
तपाई पनि भक्तपुर घुम्ने बिचार गर्नुभएको छ भने घुम्नै पर्ने ठाँउ हो भक्तपुर पोर्टर स्कायर जहाँ तपाइले ससाना देखि ठूला ठूला माटाका भाँडा, खुत्रुके, खेलौना, मूर्तिहरु पाउनु हुन्छ । बिरलै देख्न सकिने यी कला हेर्न भक्तपुरको पोर्टरी स्कायर आउनुहोला र हेर्नुहोला इन्धन अभावको चरम सीमामा जन्मिएको सृजना खुत्रुके सिलिन्डर ।

      

नेपालीलाई जापान जाने बाटो खुला, कमाइ २ लाख

काठमाडौं, ११ चैत । नेपालीहरुलाई कामदारको रुपमा जापान जाने मार्ग खुला भएको छ । सोमबार काठमाडौंमा नेपाल र जापान सरकारबीच यसबारे समझदारी पत्रमा

 सागबाट लाख कमाई

गलेश्वर । म्याग्दीमा साग बेचेर एक किसानले एक लाखभन्दा बढी कमाइ गर्न सफल भएका छन् । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोट खबराका ६१ वर्षीय

 द्रुतमार्गमा काटिएका करोडौँको काठ नष्ट हुँदै 

हेटौँडा, २ चैत । मकवानपुरमा निजगड–काठमाडौँ द्रुतमार्ग ९फास्ट ट्रयाक० निर्माणका लागि काटिएका २५ करोड मूल्य बराबरको काठ लिलाम हुन नसक्दा नष्ट हुन

सप्तरीमा चैते धानको रोपाइँ प्रभावित

राजविराज, २ चैत्र । सप्तरीमा उचित सिँचाइको व्यवस्था नहुँदा र समयमा वर्षा नभएका कारण यस वर्षको चैते धान रोपाइँ प्रभावित भएको छ ।  किसानलाई यतिबेला