पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड, पुनः परीक्षाको माग

विराटनगर, २८ मंसिर । पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा रहेको कार्यालयमा आज विद्यार्थीले तोडफोड गरेका छन् । 

प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जिपी कोइराला कलेज कृषि संकायको कार्यालय गोठगाउँमा तोडफोड गरेका हुन् । 

तोडफोडबाट कार्यालयको झ्यालका शिशा फुट्नुका साथै क्याम्पस प्रमुखको कुर्सीसमेत जलेको छ । उनीहरुले परीक्षा रद्ध गरी पुनः गर्नु पर्ने मागसमेत गरेका छन् । 

पूर्वाञ्चल विश्वविद्यालयले बुधबार लिएको ‘एग्रो मेट्रोलोजी एण्ड क्लाइमेट चेन्ज’ विषयको परीक्षाको प्रश्नपत्र समय नहुँदै बाहिर आएको भन्दै उनीहरुले पुनः परीक्षाको माग गरेका हुन् । 

पुनः परीक्षा गराउने विषयमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति, डिनलगायतसँग वार्ता नभएसम्म आन्दोलन नरोकिने उनीहरुको भनाइ छ । 

क्याम्पस प्रमुख अजयकुमार साहले प्रश्नपत्र बाहिरिएको भन्ने विषयमा सत्यतथ्य पत्ता लगाउन विश्वविद्यालयले आन्तरिकरुपमा अनुसन्धान शुरु गरेको बताउनुभयो । उक्त संकायमा ४७ जना विद्यार्थी अध्ययनरत छन् । रासस

अब घर-घरमा विद्युतीय चुलो: प्रधानमन्त्री

काठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री केशी शर्मा ओलीले अब घरमा घरमा विद्युतीय चुलो बनाइने बताएका छन् । मंगलबार साझा यातायातको ‘बिजुली बस’को

एनआरएनका मध्यपूर्व संयोजक कतारमा पक्राउ

काठमाडौं, ६ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएन)का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा पक्राउ परेका छन् । उनलाई कतार प्रहरीले मंगलबार नै पक्राउ

दुई वर्षपछि सरदर आयु ७३ वर्ष !

काठमाडौं, ६ कात्तिक । नेपालीको सरदर आयु २०७७ सम्म ७३ वर्ष पुगाउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा

सुलभ ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनित

काठमाडौं, ६ कात्तिक । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको