ग्यास चुलो किन्ने विवादमा श्रीमतीको हत्या

सुर्खेत, ३१ जेठ । ग्यासको चुल्हो ल्याउने विषयमा विवाद हुँदा श्रीमानले लाठीले हानेर श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर–२ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३१ वर्षीया श्रीमती पद्मा बुढाको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार ग्यासको चुल्हो किन्ने विषयमा विवाद हुँदा मङ्गलबार साँझ ५ बजेतिर उनीहरुबीच विवाद भएको थियो ।

“दुवै रक्सीले मातेका थिए, विवाद बढ्दै जाँदा बलहादुरले लाठीले पदमाको टाउकोमा हाने”, उनले भने , “बेहोस् भएर ढलेकी पदमालाई उपचारका लागि क्षेत्रीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भयो ।”

प्रहरीले श्रीमतीको हत्या गर्ने बलबहादुरलाई पक्राउ गरेको छ । उनी बिरामी रहेकाले क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

अदालतबाट म्याद थप गरेर यस विषयमा थप अनुसन्धान गरिरहेको बताउँदै उनले केही दिनभित्रै अनुसन्धान प्रक्रिया सुरु गरेर अदालतमा पेस गर्ने उल्लेख बताए । रासस

दुई वर्षपछि सरदर आयु ७३ वर्ष !

काठमाडौं, ६ कात्तिक । नेपालीको सरदर आयु २०७७ सम्म ७३ वर्ष पुगाउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा

आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण

दमौली, ६ कात्तिक । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित सुनौलो भविष्य आमा समूहको सक्रियतामा १० लाखको लागतमा भवन निर्माण गरिएको छ । नाचगान,

१० महिने बालकलाई नेपाली आमाले बचाइन रेल दुर्घटनामा

काठमाडौं । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा एकजना नेपाली आमाले सेकेन्डभरमै १० महिने बालकलाई बचाइकी छन् । जसका कारण भारतीय मिडियामा उनको चर्चा

मह झिक्न खोज्दा ज्यान गयो

गोरखा, ५ कात्तिक । भिरमौरीको मह झिक्न खोज्दा भिरबाट लडेर एक व्यक्तिको मुत्यु भएको छ । गोरखाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर