निर्वाचनले परिवर्तनका पक्षधरलाई अनुमोदन गर्नेछ : नेता सिटौला

  झापा, २१ मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा लाने निर्वाचनमा नेपाली जनताले पहिलो पटक भाग लिएको बताएका छन्। 

झापा क्षेत्र नम्बर १ अन्र्तगत कलवलगुडी आधारभूत विद्यालयमा आज बिहान मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेता सिटौलाले भने, “संविधान कार्यान्वयनसँगै मुलुक समृद्धिको मार्गमा अघि बढ्ने यो महत्वपूर्ण र ऐतिहासिक निर्वाचन हो, ‘निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरू असफल बनेका छन् ।” 

उनले यो निर्वाचन जनता मालिक हुने निर्वाचन भएको बताउँदै अब संघीयता, बहुलवाद र गणतन्त्र संस्थागत हुने विश्वास व्यक्त गरे। “निर्वाचनले परिवर्तनका पक्षधरलाई अनुमोदन गरी देशलाई समृद्धितर्फ लान्छ’, नेता सिटौलाले भने। 

निर्वाचनपछि परिवर्तन विरोधीहरू आफैँ पाखा लाग्ने बताउँदै नेता सिटौलाले गणतन्त्र कार्यान्वयन हुने निश्चित भएको विचार व्यक्त गरे। 

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।

चक्रलाई दुईपटक प्रधानमन्त्री बन्ने अवसर आउँदा रोक्ने को हो ?

माओवादीले थालेको हिंसात्मक जनयुध्दको असरले नेपालमा धेरै ठूलो परिमाणमा जनधनको क्षति हुन थालेपछि उहाँले त्यसलाई रोक्न पहल गर्नुभएको थियो । नेता

  दशैंका बेला उत्तरकाशीतिर रामचन्द्र

काठमाडौं । दशैं लागेकाले होइन,अरु नै कारणले कांग्रेसका केही नेताहरुमा हिन्दूत्वप्रतिको मोह बढ्न थालेको छ । बुढ्यौली लाग्दै गएपछि धर्मकर्ममा मन