खोटाङमा चितुवाले दर्जनौँ खसीबाख्रा खायो

खोटाङ, २१ मंसिर । जिल्लाको दक्षिणी क्षेत्रमा चितुवा आतंक भएको स्थानीयले बताएका छन् । 

चराउन जंगल लगिएका तथा खोरमै राखिएका बाख्राखसी चितुवाले खान थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय–४ का केदार रोइलाका पाँचवटा बाख्राखसी चितुवाले एकै दिन खाएको स्थानीयले बताएका छन् । जंगलमा चराउन लगिएको अवस्थामा एकै दिन पालैपालो गरेर पाँचवटा बाख्राखसी चितुवाले मारेको रोइलाको भनाइ छ । 

रोइलासँगै स्थानीय रत्नबहादुर राई र मानबहादुर रोइलाको पनि बाख्राखसी मारेको स्थानीयले बताएका छन् । बाख्राको खोर भत्काएर राईका सातवटा खसीबाख्रा एकै दिन मारेको हो । 

चितुवा जंगलबाट गाउँघरमा आएर साँझ परेपछि ठूलो आवाज गरेर कराउने तथा खोर भत्काएर दैनिक बाख्राखसी मार्न थालेपछि स्थानीय त्रसित बनेका छन् । एक्लै हिडेका मानिससँग चितुवाले भेटे आक्रमणको प्रयास गर्ने तथा लखेट्ने गरेको स्थानीयको भनाइ    छ । 

स्थानीयका अनुसार टाटेपाटे रङको ठूलो चितुवा गाउँ पसेको बताइएको छ । दुईवटा चितुवा रहेको र सँगै हिँड्ने तथा बिहान घाम झुल्किनासाथ जंगलको बीचमा पर्ने डाँडामा सँगै जुध्दै घाम ताप्न निस्कने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 

चितुवाले त्यस क्षेत्रका मृगसमेत सखाप बनाएको स्थानीय बताउँछन् । यसअघि खोटेहाङ गाउँपालिकाको वडा नम्बर—१ लिकुवापोखरीमा पनि चितुवा आतंक भएको थियो । रासस

भन्सार पुनःस्थापना नहुँदा तिब्बतको व्यापार ठप्प

दार्चुला, ३ कात्तिक । हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह

मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

पर्वत, १ कात्तिक । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन

 भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग

केरा खेतीले यसरी किसानको ध्यान खिच्यो

भीमदत्तनगर । झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै