आयुर्वेद विकासमा भारत सरकार सहयोग गर्न सकारात्मक

नयाँदिल्ली, २० मंसिर । भारतले नेपालको आयुर्वेद विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपालका आयुर्वेद चिकित्सकसँग आज यहाँ भेट गर्दै भारतका आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी काम गर्ने आयुस मन्त्रालयका मन्त्री श्रीपद नाइकेले नेपालमा आयुर्वेद प्रदर्शनी, चिकित्सा शिक्षा र सेवालगायतका विकासमा काम गर्न सधैँ तयार रहेको बताए ।

भारतमा गत १८ गतेदेखि शुरू भएको आरोग्य अन्तर्र्राष्ट्रिय सम्मेलन २०१७ मा नेपालबाट आएका सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा वंशदीप शर्माखरेल, आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवाली, सहकारी आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा शंकर गौतम, आयुर्वेद विद्यार्थी समाजका अध्यक्ष डा सुमन खनालको टोलीले मन्त्री नाइकेसँग भारतमा आयुर्वेदको उच्च शिक्षाको कोटा बढाउन आग्रह गरेका  थियो ।

अहिले भारतमा नेपाली विद्यार्थीका लागि १८ सिट मात्र छुट्याइएको छ । आयुर्वेद प्रतिष्ठान, पञ्चकर्म तथा योग केन्द्रको विकास, स्तरोन्नतिका लागि पहल गर्न पनि टोलीले आग्रह गरेको थियो ।

मन्त्री नाइकेले द्विपक्षीय सहयोगका लागि सदैव सकारात्मक रहेको तथा नेपालबाट औपचारिक प्रस्ताव आए तुरून्त कार्यान्वयन गर्ने बताए ।

आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले अहिलेसम्म नेपाल सरकारको तर्फबाट औपचारिकरूपमा विकासका लागि कुनै प्रस्ताव नआएको बताए ।

उनले यस्तो कुनै पनि प्रस्ताव आएमा आयुर्वेदको हरेक विधामा विकास अनुसन्धानमा सहयोग गर्न तयार रहेको स्पष्ट पारे । रासस

भन्सार पुनःस्थापना नहुँदा तिब्बतको व्यापार ठप्प

दार्चुला, ३ कात्तिक । हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह

मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

पर्वत, १ कात्तिक । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन

 भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग

केरा खेतीले यसरी किसानको ध्यान खिच्यो

भीमदत्तनगर । झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै