युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल 

काठमाडौं,२० मंसीर । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ। आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

च्याम्पियनसिपबाट डिभिजन टु मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन्।

च्याम्पियनसिपमा शिर्ष दुई स्थानमा रहेका नेदरल्याण्ड र पपुवा न्युगिनी विश्वकप छनोटमा पुगिसकेको छ । अब दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउने छन्  । तालिकाको तेस्रो स्थानमा स्कटल्याण्ड, चौथोमा र पाँचौमा केन्या रहेका छन् ।

नेपालले शुक्रबार घरेलु टोलीविरुद्ध दोस्रो खेल खेल्नेछ ।
 

भोलीदेखि साफ यू–१५ फुटबल प्रतियोगिता

काठमाडौं, ६ कात्तिक । भोलीदेखि चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुरु हुने भएको छ । यसको सबै तयारी पुरा भएको अखिल नेपाल फुटबल

सुलभ ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनित

काठमाडौं, ६ कात्तिक । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको

सन्दीप बने बिबिएलमा छानिने पहिलो एसोसियट्स क्रिकेटर, बंगलादेशी लिगको पुरा सिजन खेल्ने

काठमाडौं, ५ कार्तिक । नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेको व्यावासायिक क्रिकेट यात्राको निरन्तरता अब अष्ट्रेलीया र बंगलादेशमा पनि जारी हुने

एक सिङ्गे गैंडा जोगाउन फुटबल

नवलपरासी, ५ कात्तिक । एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल