यमनी पूर्व राष्ट्रपती सालेह मारिएको दावी

साना, यमन, १९ मङ्सिर रासस÷सिन्हवा । यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह मारिएको यमनी हुठी समूहका उच्च अधिकारीले सोमबार पुष्टि गरेका छन् । 

सालेह, उहाँका भतिजा, केही आफन्त र सालेहको दलका महासचिव सबै जना सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएका, यमनी विद्रोहीको नियन्त्रणमा रहेको गृह मन्त्रालयले पनि जनाएको छ । 

मन्त्रालयले उक्तस्थानको भिडियोमा सालेहको मृत शरिर कैद भएको दृष्य देखिएको बताएको छ । 

“मिलिसियाका कारण सिर्जना भएको सङ्कट र मिलिसियालाई नेतृत्व दिँदै आएका पूर्व राष्ट्रपति सालेह, उनका उच्च अधिकारीसमेत मारिएका छन्, ” अल मासिराहा टेलिभिजनमा सालेहका समर्थकलाई उद्धृत गरी जनाइएको छ । 

पूर्व राष्ट्रपति सालेहले शनिबार इरान समर्थक हुठी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गरेका थिए ।  सालेहले हुठी विद्रोहीको सहयोगमा यमनी राजधानी सानामा करिब तीन बर्ष संयुक्त रूपमा शासन सम्हालेका थिए । 

यमनी सामाजिक सञ्जालमा सालेहको मृत शरिरको भिडियोसहितका सामग्री छ्यापछ्याप्ती आउन थालेपछि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सालेहको मृत्युको समाचार सार्वजनिक गरेको थियो । 

यमनमा तीन दशकभन्दा बढी शासन सम्हालेका ७५ बर्षीय सालेह सन् २०१२ को राजनीतिक जनआन्दोलनका बलमा पदच्युत भएका थिए ।

६१ को मृत्यु हुँदा पनि रेलमा किन लगाएन चालकले ब्रेक ?

नयाँ दिल्ली । भारतको अमृतसरमा भएको ६१ जनाको मृत्यु र एक सय ५० भन्दा बढी घाइते भएको घटनामा रेल चालकले मुख खोलेका छन् । उनले लगातार हर्न बजाएको जनाएका

नाइजेरियामा साम्प्रदायिक हिंसा, २४ घण्टे कफ्र्यु जारी

अबुजा, ५ कात्तिक । नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे निषेधाज्ञा (कफ्र्यु) जारी गरेका छन् । हिंसाका

साउदी अरबीयालाई हतियार बिक्री रोक्ने जर्मनको चेतावनी

बर्लिन, ५ कात्तिक । जर्मन चान्सलर एन्जेला मर्केलले साउदी अरब सत्ताका आलोचक पत्रकार जमाल खशोग्गीको निर्मम हत्याको सन्दर्भमा जर्मनीले साउदी

माइकल आँधीले ३६ को मृत्यु

वासिङ्टन, ४ कात्तिक । अमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका