अवकाशपछि गाई स्याहार्दै पूर्व शिक्षक राई

पाँचथर,१८ मंसीर । धेरैको बुझाइ यस्तो हुनेगर्छ – अवकाशपछिको समय त विश्राम लिने पो समय  हो । यस्तै आमधारणा र बुझाईका कारण प्राय मानिसले अवकाशपछि आफूलाई निष्कृय राख्ने गर्दछन् । तर पाँचथर मिक्लाजुङ गाउँपालिका–४, रवि हिकुनाम्बाका प्रकाशचन्द्र राईले भने चलनचल्तीका धारणा र विश्वासलाई चुनौति दिएका छन् ।

राईले अवकाशपछि पनि रचनात्मक कार्य गरी आफूलाई सक्रिय राख्न सकिन्छ भन्ने मान्यतालाई पछ्याएका छन् । लामो समय शिक्षण पेशामा बिताएका राईले अवकाश पछि तीन बर्ष अघि सामूहिक गाई पालन सुरु गरेका छन् । राईले आफ्नै अगुवाईमा ‘जनजागरण कृषि तथा पशु पालन समूह’ स्थापना गरी व्यवसायीक गाई पालन सुरु गरेका हुन् । 

‘अवकासपछि पनि रचनात्मक काम गरी आफूलाई सक्रिय राख्न सकिन्छ’ राईले भने ‘त्यसको लागि इच्छाशक्तिको भने आवश्यकता पर्छ ।’ त्यही इच्छाशक्तिले आफूलाई गाई पालनतर्फ उन्मुख गराएको राईको भनाई छ । राईकै अगुवाइमा गठित नौ सदस्यीय ‘जनजागरण कृषि तथा पशु पालन समूह’ ले अहिले सात वटा (होलिष्टिन) उन्नत जातका गाई पालन गरिरहेको छ । हाल यी गाईहरुबाट दैनिक ६० लिटर दुध उत्पादन भइरहेको समूहका अध्यक्ष समेत रहेका राईले बताए । स्थानीय बजार भाउ अनुसार प्रतिलिटर ३५ रुपैंयाँले बिक्री हुने दुधबाट प्रतिदिन दुई हजार एक सय आम्दानी भइरहेको राईको भनाई छ । ‘निकट भविष्यमा सबै खर्च कटाएर मासिक तीन लाख रुपैंयाँसम्म आम्दानी गर्ने लक्ष्यका साथ गाईको संख्या ५० वटा पु¥याउने योजना बनाएका छौं’ राईले भने ।

स्थानीय दुर्गा उच्च मावि रविमा २५ वर्ष शिक्षण गरेका राई २०६९ साउनमा अवकाश पाएपछि यतातिर लागेका हुन् । पहिले विद्यार्थीहरुलाई पाठ्यक्रमको कुरा बुझाउन प्रवचन दिएर अनि पहिले ब्ल्याक बोर्डमा र पछि वाईट बोर्डमा मार्कर चलाएर दिन बिताउने राईको अधिकांश समय गोठ र गाईहरुको हेरचार गरेर बित्छ अहिले । ‘तर यसबाट बेग्लै किसिमको आत्मसन्तुष्टि मिलेको छ’ राई आफ्नो अनुभव सुनाउछन् ‘हिजो स्कुलमा नानीहरुलाई पढाउँदा मलाई जुन आनन्द आउन्थ्यो आज गोठमा गाई स्याहार्दा पनि म त्यति नै आनन्दित छु ।’

११ लाख रुपैंयाँ लगानी गरेर सुरु गरेको गाई पालनले समूहलाई बिस्तारै मुनाफातिर लगिरहेको राईको भनाई छ । समूहलाई जिल्ला पशुसेवा कार्यालयले ३० हजार र उन्नति परियोजनाले डेढ लाख गोठ सुधार र घाँस व्यवस्थापनका लागि सहयोग गरेको अध्यक्ष राईले बताए । 

अहिले ३५ रोपनी क्षेत्रफलमा डाले र भुँइघाँस लगाएको राइले बताए ।   राईको पहलमा सुरु भएको उक्त व्यवसायले आसपासका अन्य किसानलाई पनि छुन थालेको छ । आफ्नो अगुवाइमा सुरु भएको व्यवसायीक गाई पालनकै प्रभावले हाल रवि क्षेत्रका अन्य करीव एक दर्जन भन्दा बढी किसानले पनि उन्नत जातको गाई पालन गरी आर्थिक उपार्जन गरिरहेको राईले बताए। अबका दिनमा आफूहरुले उत्पादन गर्ने दुधबाट स्थानीय स्तरमा खुलीरहेका दर्जनौं डेरी तथा चिज फ्याक्ट्रीहरु फस्टाउनमा मद्धत पुगी ग्रामीण अर्थतन्त्र माथि उठ्नुका साथै गाउँका दर्जनौं बेरोजगार युवाहरुलाई रोजगारी मिल्ने समेत राईले विश्वास व्यक्त गरे । 

यो सामूहिक गाई पालनबाट उत्पादित ओलन स्थानीय रवि चिज फ्याक्ट्रिले लिंदै आएको छ । त्यस्तै समूहले दुई जनालाई रोजगारी समेत दिइरहेको छ । राईको अगुवाइमा सुरु भएको उक्त सामूहिक गाई पालन अहिले सो क्षेत्रकै नमुना व्यवसाय बन्ने क्रममा छ । पाँचथर र छिमेकी जिल्ला इलामको विभिन्न स्थानका मानिस आफ्नो व्यवसायको अध्ययन–अवलोकनको लागि आफूसम्म आइपुग्दा दंग पर्छन् उनी ।

‘यसरी आफ्नो व्यवसाय हेर्नकै लागि भनेर मानिसहरु आउँदा गर्व लाग्छ र थप उत्साह मिल्छ’ राईले भने । अवकाशपछिको समयमा सामाजिक विकासमा टेवा पुग्ने गरी राई नेतृत्वको समूहले गरेको प्रयासको मानिसहरुले प्रशंशा गर्ने गरेका छन् ।

 


 

भन्सार पुनःस्थापना नहुँदा तिब्बतको व्यापार ठप्प

दार्चुला, ३ कात्तिक । हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह

मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

पर्वत, १ कात्तिक । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन

 भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग

केरा खेतीले यसरी किसानको ध्यान खिच्यो

भीमदत्तनगर । झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै