पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा 

बाबियाचौर, म्याग्दी, १२ मंसिर । म्याग्दीको बेनी नगरपालिका–१ सारेमारे र पर्वतको जलजला गाउँपालिका–७ लस्तीको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । 

१८७.५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । रत्नेचौर र धाइरिङका बासिन्दालाई ढोडेनी भएर घुमाउरो बाटो हिँड्दा एक घण्टा लाग्ने गरेकामा पुल बनेपछि पाँच मिनेटमै सारेमारेदेखि लस्ती बजार पुग्न सकिने भएको स्थानीय बासिन्दा तिलक थापामगरले बताए । 

पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई आवतजावतका साथै त्यहाँका कृषकले उत्पादन गरेको तरकारी बजारमा पु¥याउन सहज भएको छ । म्याग्दीको रत्नेचौर, पर्वतको धाइरिङ र नाग्लीवाङका एक हजार ५०० घरधुरी लाभान्वित भएका छन् । सो पुलको भारवहन क्षमता ६८ मेट्रिक टन छ । एकपटकमा ४८६ जना मानिसहरु आवतजावत गर्न सक्नेछन् । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले ठेक्कामार्फत रु ६७ लाख ७७ हजार ७७७ को लागतमा उक्त पुल निर्माण गरेको हो । 

विसं २०७२ असारदेखि निर्माण शुरु भएको उक्त पुल निर्माण व्यवसायीका कारण लक्ष्य भन्दा दुई वर्ष ढिलो निर्माण भएको हो । सो पुलको निर्माणको ठेक्का अधिकारी निर्माण सेवाले पाएको थियो । रासस

 सेनाले सडक जोड्यो,हर्षित जनताले फूलमाला 

जाजरकोट । जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुराकोट नगरपालिका–९ धाउनीको अन्तिममा भीर काटेपछि दुनैसम्म सडकको ट्र्याक खुला भएको छ

फाष्ट ट्रयाक डिपिआरको  जिम्मा कोरियन कम्पनी सुसुङलाई

काठमाडौँ, १७ असोज । काठमार्डाै–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेनाले आयोजनाको को विस्तृत परियोजना प्रतिवेदन

दुई जिल्ला जोड्ने नेपालकै लामो पुल बन्दै

पर्वत, १४ असोज । अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ ।  पर्वतको

 तीन हजार ५०० मेगावाटका आयोजना बन्ने

काठमाडौं । सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना