सिमाको बिषयमा सांसदले भने,‘भारतसँग नेपाली भूभाग कसरी जोगाउँने’

 


काठमाडौँ २९ साउन । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाईदिने’ चेतावनी दिएका छन् । प्रतिनिधिसभा अन्र्तगतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले नेपालको सिमा भारतले दिन प्रतिदिन अतिक्रमण गर्दै गएको बताएको हुन् । 
दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौता लगायत बारेमा छलफल भईरहदा समिति सदस्य गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाईदिने अभिव्यक्ति दिएका हुन् । 
नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उनले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गरे । बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुने तर्फ सचेत बनि समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए । 
नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावलले नेपालको ठुलो भु–भाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कुटनीतिक पहल गर्न परराष्ट्र र गृहमन्त्रालयको ध्यानाकर्षण गराए । विशेषज्ञहरुका अनुसार नेपालको ६ सय ६ वर्ग किलोमिटर भू भाग अतिक्रमणमा परेको उल्लेख गरे । 
७१ स्थानमा सिमा विवाद देखिएको र दशगजाका विभिन्न स्थानमा भारत तर्फबाट अतिक्रमण गर्ने काम भईरहेको दाबी गरे । सडक बनाउने नाममा अघोषित तटबन्ध निर्माण गर्ने काम भएको पनि जनाए । 
पानीको प्राकृतिक वहाव रोकिने गरि संरचना बनाएकाले तराई क्षेत्र डुबानमा पर्दा बर्षेनी ती क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको प्रष्टाए । नेपाल भारत सिमाविवाद, अतिक्रमण तथा डुबान लगायत समस्या बारेको छलफलमा समिति सदस्यहरुले तत्काल कुटनीतिक पहल गर्ने बताए । 

रहेनन् भाजपा नेता अरुण जेट्ली

नयाँदिल्ली । भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । भाजपाको यसअघिको सरकारमा अर्थमन्त्री रहेका जेट्लीको ६६ वर्षको उमेरमा आज

नौमती बाजा प्रतियोगिता

पाल्पा, ७ भदौ । स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन तानसेनमा नौमती बाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा तानसेन नगरपालिका–५

भाञ्जी बलात्कार गर्ने मामा पक्राउ

  ओखलढुङ्गा, ७ भदौ । सात वर्षीया भाञ्जी बलात्कार गर्ने मामा पक्राउ परेका छन् । नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ

चट्याङले बालिकाको मृत्यु, आमा अचेत

बाजुरा, ७ भदौ । बुढीगङ्गा नगरपालिका–१० बधेडामा राति १ बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया