टनकपुर नाका खुलाउन ध्यानाकर्षण

 


काठमाडौँ २९ साउन । सुदूरपश्चिम प्रदेशको एक टोलीले आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर कञ्चनपुरको ब्रम्हदेवस्थित टनकपुर नाका खुलाउन र दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको पक्रिया अगाडि बढाउनलगायतका माग राखेर ध्यानाकर्षण गराएको छ ।
    
सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराको नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालय पुगेर भारतका सीमा जोडिएका जिल्लाका समस्याबारे अवगत गराएको हो । 

टोलीमा सहभागी कञ्चनपुर क्षेत्र नं ३ का सांसद दीपकप्रकाश भट्टले ब्रम्हदेबदेखि महेन्द्रनगर बजारसम्म दुई लेनको टनकपुर लिङ्क रोड कालोपत्र भइसकेको र वर्षौदेखि भारतीय स्वामित्वमा रहेको पुल बन्द अवस्थामा रहेकाले खुलाउन पहलका लागि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गरिएको बताए । 
    
यस्तै उहाँले कञ्चनपुरको बेलौरी र कैलालीको खक्रौला नाका खुलाउनसमेत मन्त्रीको ध्यानाकर्षण गरिएको जानकारी दिए ।  बैतडीका सांसद दामोदर भण्डारीले डडेल्धुराको भित्रिमधेसको महाकाली नदीमा पुल निर्माणका लागि भारतीय विदेशमन्त्रीको ध्यानाकर्षण गराउनमन्त्री ज्ञवालीलाई आग्रह गरिएको बताए । 

उनका अनुसार बैतडीको झुलाघाट र तल्लो सोराडमा महाकाली नदीमा पुलका लागि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गरिएको छ । टोलीले चीनसँग जोडिएको दार्चुलाको तिङ्कर नाका खुलाउनसमेत माग गरिएको छ । 
    
भेटका क्रममा मन्त्री ज्ञवालीले सुदूरपश्चिमका सीमा सरोकारका विषयमा दुई देशका अधिकारीबीच हुने बैठकमा राखिने आश्वासन दिएको सांसद भट्टले जानकारी दिए । महाकाली नदीमा दुवै देशको स्वामित्व बराबर हुन नसक्दा उपयोगमा समस्या आइरहेकाले सो विषयमा आगामी द्विपक्षिय बैठकमा यसबारे कुरा उठाइने मन्त्री ज्ञवालीले प्रतिबद्धता जनाए । 
    
टोलीमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा, सांसद भट्ट, भण्डारी, नेपाल कम्युनिष्ट पार्टी९नेकपा० कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापा, पूर्व सांसद कृपाराम राना, पुरन दयाल, प्रदेशसभा सदस्य लीलाधर भट्टलगायत सहभागी थिए । रासस

झापामा करदाता बढे

  झापा, ७ भदौ । झापामा स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको सङ्ख्या ह्वात्तै बढेको आन्तरिक राजश्व कार्यालय भद्रपुरले जनाएको छ । कार्यालयका

पर्यटन प्रर्वद्धनमा कर्णाली : १६ स्थानमा होमस्टे  

  विरेन्द्रनगर, ७ भदौ । कर्णालीका १६ स्थानमा होमस्टे (घरवास) सञ्चालनमा आउने भएका छन् । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले

यी हुन् प्राकृतिक स्रोतको रोयल्टी बढी पाउने प्रदेश

काठमाडौँ, ६ भदौ । पर्वतारोहण, संरक्षण क्षेत्रको रोयल्टी पाउनेमा सोलुखुम्बु जिल्लाको पासाङल्हामु गाउँपालिका शीर्ष स्थानमा परेपनि प्रदेश नं २ ले

एक सय ४० भारतीय अवैध खसी नियन्त्रणमा

  बर्दिया, ६ भदौ । गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १ सय चालिस वटा खसीसहितको ट्रक प्रहरीले नियन्त्राणमा लिइको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा