‘नेपाल–भारतबीचको सम्बन्ध विकास र समृद्धिको यात्रामा’ 

 


काठमाडौं, २९ साउन । नेपाल र भारतबिचको सम्बन्धले दुवै देशको विकास र समृद्धि ल्याउने मार्गको रुपमा लिन आवश्यक रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक अन्र्तक्रियामा नेपाल र भारतको सम्बन्धले दुवै देशको विकासमा टेवा पुगेको बताए । 
नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गरी नयाँ बाटोको खोजी गर्नुपर्नेमा उनले जोड दिए । पुरानो सम्झौताले दुवे देशलाई फाइदा नपुगेको हुनाले नयाँ बाटोको खोजी गर्न आवश्यक रहेको उनको भनाई छ । पुरना सम्झौताहरु कार्यान्वयनको बिषयमा सहज नभएको समेत जनाए । पञ्चेश्वर परियोजना, कर्णाली जलविद्युत आयोजनालगायतका सम्झौतातर्फ संकेत गर्दै उनले कार्यान्वयन या खारेजीको विकल्प रोजेर बढ्नु आवश्यक भएको बताए । 
नेपाल र भारतबीच विन विनको अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारी गनुृपर्ने नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरी बताए । दुई देशबीच विगतमा भएका सन्धी सम्झौताले सार्थक परिणाम हासिल गर्नुले सबैलाई उत्साही बनाएको उल्लेख गरे । दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयन भई सफल परिणाम हासिल हुँदा सम्बन्ध मजबुत भएको लाबी गरे । 
भारतको नेपालसँग विशेष सम्बन्ध रहेको भन्दै सम्बन्धबाट आर्थिक लाभ लिनसक्ने अवस्था बनेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकलाई प्राथमिकतामा राख्ने नीति लिएको उल्लेख गर्दै त्यो नेपालका लागि लाभदायक हुने भनाई राखे । नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक भएको भन्दै दुवै देशको लोकतान्त्रिक आन्दोलनमा एक अर्काबाट सहयोग प्राप्त भएको उल्लेख गरे । वीपी कोइराला, डिल्लीरमण रेग्मी, मनमोहन अधिकारीलगायतले भारतको स्वतन्त्रता आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै जयप्रकाशनारायण र राममनोहर लोहियालगायतले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान रहेको बताए । जयप्रकाशनारायण र राममनोहर लोहियालाई नेपालमा गिरफ्तार गरिंदा नेपाली जनताले जेल तोडेर भगाएको इतिहास प्रष्टाए । 
नेपाल र भारतबीच अबको सम्बन्ध आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा नेपालका राजनीतिक दलहरुमा एकमत भएको  पूर्व परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले जनाए । भारतीय लगानी बढीभन्दा बढी भित्रिएर रोजगारको अवसर सृजना गर्नुपर्नेमा जोड दिए । भारतको आर्थिक वृद्धि सात प्रतिशतको हाराहारीमा भएको अवस्थामा नेपालले भोगिरहेको व्यापार घाटा गम्भीर चुनौती रहेको उल्लेख गरे । 
सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने भन्दै लगानीका क्षेत्रहरुलाई अझ स्पष्ट पार्नुपर्ने बताए । सन् १९९६ को वाणिज्य सन्धीले नेपालले उत्पादन निर्यातको वातावरण पाएको उल्लेख गर्दै त्यस्तै अवस्था सृजना गर्नुपर्ने बताए । भारतीय पर्यटक बढीभन्दा बढी भित्राउने देखि लगानी वृद्धि गर्नसके नेपालको आर्थिक विकासले गति लिने औल्याए । 
दुवै देशबीच आर्थिक अन्र्तसम्बन्ध मजबुत बनाउँदै राजनीतिक विश्वासको वातावरण निर्माण हुनुपर्नेमा पूर्व परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जोड दिए । भारतीय सहभागितामा उत्पादनको साझेदारी हुनसके व्यापार घाटाको समस्या समाधान हुने औल्याए ।  
नेपालप्रति चासो र मायाभाव दर्शाउने नरेन्द्र मोदी भारतको प्रधानमन्त्री हुनु नेपालका लागि प्रगतिको उत्तम अवसर भएको बताए । अवसरलाई खेर फाल्न नहुनेमा उनको जोड थियो । भारतको आर्थिक वृद्धि नेपालका लागि अवसर बनेको लोहनीले बताए । नेपालले भारतबाट लाभ लिनसक्ने जलविद्युत, कृषि, प्रविधिलगायतका क्षेत्रहरु रहेको बताए । जलविद्युत आयोजनाहरु निर्माणमा भारतीय पक्ष अझ चासोका साथ आउनुपर्नेमा जोड दिए । 
नेपालले भारतको आर्थिक विकासबाट लाभ लिनसक्ने रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले उल्लेख गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा नेपालले अभूतपूर्व प्रगति गर्न सक्ने अवसर बनेको जनाए । 

रहेनन् भाजपा नेता अरुण जेट्ली

नयाँदिल्ली । भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । भाजपाको यसअघिको सरकारमा अर्थमन्त्री रहेका जेट्लीको ६६ वर्षको उमेरमा आज

नौमती बाजा प्रतियोगिता

पाल्पा, ७ भदौ । स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन तानसेनमा नौमती बाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा तानसेन नगरपालिका–५

भाञ्जी बलात्कार गर्ने मामा पक्राउ

  ओखलढुङ्गा, ७ भदौ । सात वर्षीया भाञ्जी बलात्कार गर्ने मामा पक्राउ परेका छन् । नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ

चट्याङले बालिकाको मृत्यु, आमा अचेत

बाजुरा, ७ भदौ । बुढीगङ्गा नगरपालिका–१० बधेडामा राति १ बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया