कर्णाली प्रदेशको मुख्यमन्त्री लक्षित गरी बम विस्फोट

 

काठमाडौँ २९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि बम विष्फोट गराएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मुख्यमन्त्री शाहीलाई लक्षित गरेर बम विष्फोट गरेको हो । 

कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका लाहीलक्षित विष्फोट गराइएको हो । 
बुधबार पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला नजिकै बम विष्फोट भएको हो । 

कार्यक्रम स्थलभन्दा एक किलोमिटरमाथिको जंगलमा बम विष्फोट भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । प्रहरीले बम विष्फोट स्थलको अनुगमन गरिरहेको समेत बताए । 

मुख्यमन्त्री शाही बुधबार स्थलमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट कालिकोट गएका थिए । 

रहेनन् भाजपा नेता अरुण जेट्ली

नयाँदिल्ली । भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । भाजपाको यसअघिको सरकारमा अर्थमन्त्री रहेका जेट्लीको ६६ वर्षको उमेरमा आज

नौमती बाजा प्रतियोगिता

पाल्पा, ७ भदौ । स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन तानसेनमा नौमती बाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा तानसेन नगरपालिका–५

भाञ्जी बलात्कार गर्ने मामा पक्राउ

  ओखलढुङ्गा, ७ भदौ । सात वर्षीया भाञ्जी बलात्कार गर्ने मामा पक्राउ परेका छन् । नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ

चट्याङले बालिकाको मृत्यु, आमा अचेत

बाजुरा, ७ भदौ । बुढीगङ्गा नगरपालिका–१० बधेडामा राति १ बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया