दक्षिण भारतमा बाढी २०९ को मृत्यु

 


नयाँ दिल्ली २९ साउन । भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ । 

यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ । आगामी २४ देखि ४८ घण्टाभित्र  भारी वर्षा हुने केरलाको स्थानीय अधिकारीहरुले चेतावनी दिएका छन्  । 

 भारी वर्षाको कारण भारतको केरला, कर्नाटक, महाराष्ट्र र गुजरातमा १२ लाख व्यक्तिलाई उनहरुको घरबाट निकालेर सुरक्षित स्थानमा लगिएको थियो ।  ती व्यक्तिहरुमा प्रायलाई सरकारद्धारा सुञ्चालित शरणार्थी शिवीरहरुमा लगिएको जनाइएको छ ।
केरलामा गत वर्ष पनि भीषण बाढीले सताएको थियो । सन् २०१८ मा भारतमा बाढीको कारण करिब ४ सय ५० व्यक्तिको मृत्यु भएको थियो । 
 हाल केरलामा यस भीषण बाढीको कारण ९५ व्यक्तिको मृत्यु हुनको साथै अन्य  ५९ व्यक्ति बेपत्ता भएका केरला प्रहरीले बुधबार एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

यसैगरी केरलाको छिमेकमा पर्ने कर्नाटक राज्यमा यस भीषण बाढीको कारण ४८ व्यक्तिको मृत्यु भएको छ । सो राज्यमा करिब ६ लाख ७७ हजार व्यक्तिलाई उद्धार गरिएको अधिकारीह्रुले जानकारी दिएका छन् । 
पश्चिमी राज्य गुजरात र महाराष्ट्रमा यस बाढीको कारण ६६ व्यक्तिको मृ्त्यु हुनको साथै लाखौ व्यक्तिलाई उद्धार गरिएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

छुरा प्रहार गरी पत्रकारको हत्या

टोलुका, मेक्सिको, ८ भदौ । मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित

अन्तरिक्षमा अपराध गरेकाे आरोपको अनुसन्धान गर्दै, अन्तरिक्षमा कुन कानुन लाग्छ ?

अमेरिकी अन्तरिक्ष निकाय नासाले एक महिला अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको बैंक खाता अनधिकृत रूपमा चलाएकोबारे

जी-सेभेन के हाे ? यस्ताे छ रोचक जानकारी

फ्रान्समा ४५ औँ शिखर सम्मेलनका लागि जी-सेभेन समूहका राष्ट्रप्रमुखहरू भेट्दैछन् । जी-सेभेन वास्तवमा के हो ? यसका सदस्यहरू को-को हुन् ? यो समूहले के गर्छ

श्रीलंकामा चार महिना लामो संकटकाल अन्त्य 

काठमाडौँ, ७ भदौ । श्रीलंकामा चार महिनादेखि जारी रहेको संकटकालीन अवस्थाको अन्त्य भएको घोषणा सरकारले गरेको छ । इस्लामिक अतिबादी समूहले विभिन्न होटल र