किन हुन सकेन  ‘विप्लव’ र सरकारबीच वार्ता 

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्धत लगायो । विप्लव नेतृत्वको समूहको गतिविधि आपराधिक भएको भन्दै सरकारले प्रतिबन्धित घोषणा गर्यो । तर, सरकारले विप्लव समूहलाई प्रतिबन्धित गरेपनि उ भने विभिन्न खालका हिंसात्मक क्रियाकलामा सक्रिय हुँदै आएको छ । 

मन्त्रीपरिषद्को निर्णयबाटै विप्लव समूहमाथि प्रतिबन्ध लगाईएको थियो भने गृहमन्त्री रामबहादुर थापाले यसको तयारी गरेका थिए । आपराधिक हिंसात्मक गतिविधिमा सक्रिय भएर लागेको भएपनि अहिलेसम्म सरकारले विप्लवका कार्यकर्ता मात्र नियन्त्रण लिँदै÷छोड्दै आएको छ ।  हिंसात्मक क्रियाकलापमा सक्रिय भएर लागेकाले विप्लवलाई समूहलाई नियन्त्रणको प्रयास गर्यो सरकारले। 

सरकारले विप्लव समूहका कार्यकर्ता नियन्त्रणमा लिनको लागि समात्ने क्रम रोकको छैन । तर रोकिएको छैन विप्लवको गतिविधि । देशैभरी विप्लवको आपराधिक गतिविधि बढ्दै गएको सहजै अनुमान लगाउँन सकिन्छ । संघियता कार्यान्वयको चरणमा रहेको बेलामा विप्लव समूहले पालिकादेखि वडा कार्यालय, एनसेल, एनटिसीको टावरमा समेत आक्रमण गर्दै आएको छ । तर, नेपालबाट दुर भैसकेको नेपाल बन्दको सुरुवात समेत विप्लव समूहले गरेको छ । संविधान र राज्य व्यवस्थाविरुद्धमा विप्लव समुहले आगजनी, विस्फोट लगायतका हिंसात्मक गतिविधि बढाएको पाइन्छ । 

हिंसात्मक र अन्य गतिविधिमा संलग्न भएका समूहहरूलाई संविधानको दायराभित्र ल्याउने जिम्मा पाएको सरकारी वार्ता टोलीले यसअघि विभिन्न समूहसँग वार्ता गरेको थियो । तर, वार्ताको वातावरण बनेको भनिएपनि चन्द नेतृत्वको दलसँग भने औपचारिक रुपमा अझै वार्ता हुन सकेको छैन । 
पछिल्लो समय विस्फोट, आगजनी र चन्दा असुली तीव्र रुप लिएको छ । सरकारले हिंसात्मक गतिवधि गर्ने आपराधिक समूह नियन्त्रणको प्रयास गरेको छ । तर, पूर्ण रुपमा असफल भएको बुझ्न सकिन्छ । दुई तिहाइको बहुमत भएको सरकारले एकपछि अर्को गर्दै हिंसात्मक गतिविधि बढ्दै जाँदा समेत नियन्त्रण गर्न नसक्नु सरकारकै कमजोरी रुपका लिन सकिन्छ । 

भूमिगत रुपमा रहेको विप्लव समूहले केहि महिनाअघि सोलुखुम्बुमा तालिम केन्द्र चलाएको खुलेको छ । जनयुद्धका समयमा तत्कालीन माओवादीले नै सेल्टरका रुपमा प्रयोग गर्दै आएको जिल्लाको महानुकुलङ गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गतको गुदेलस्थित जंगलमा विप्लवले सैन्य तालिम चलाएको दाबी सुरक्षा स्रोतले गर्यो । 

विप्लवका कार्यकर्ताले जनयुदद्धका समयमा माओवादीले प्रयोग गरेकै क्षेत्रलाई सेल्ट बनाएका आफ्नो तयारी गरिरहेका समेत खुल्यो । भौगोलिक रुपमा विकट रहेको भोजपुर, संखुवासभा र खोटाङको सीमाक्षेत्र विप्लवले सैन्य तालिम समेत सञ्चालन गर्दै आएको रहस्य खुल्यो । तर, सकारले अझै विप्लवलाई नियन्त्रण गर्ने बाटो पहिल्याउन सकेको छैन ।  

प्रतिबन्धित समुहले संघिय राजधानी काठमाडौँ, भक्तपुर, ललितपुर,  बागलुङ, म्याग्दी, कास्की, नवलपरासी, कपिलवस्तु, संखुवासभा, पाँचथरलगायत अन्य जिल्लाहरुमा हिंसात्मक घटनाहरु गराउँदै आएका छन् । संखुवासभाको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युतगृहमा समेत विस्फोट गराएको चन्द समूहले स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीलाई धम्काउँदै चन्दा असुली तीव्र बनायो । हिंसात्मक घटना र चन्दा आंतकमा समेत विप्लव समूह सक्रिय भएर लागेको छ । 

हिंसात्मक गतिविधि बढ्दै गएपछि विप्लवका विभिन्न संकास्पद ठाउँमा चेकजाच गरेका थियो । केहि ठाउँबाट अवैध हात हतियार समेत बराम भएका थिए । गतिविधि नियन्त्रण गर्ने विषयमा सत्तारूढ नेकपाका नेताहरू एकजुट भएर लागेको देखिन्छ । तर, अझै विप्लव समुहले सरकारसँग वार्ता नआउँनाले सरकारले विप्लव समुहको विषयमा खुलेर चासो नदिएको भन्ने आँकलन समेत भैरहेका छन् । 

२०७१ मा तत्कालीन मोहन वैद्य नेतत्वको माओवादीबाट अलग भएका चन्दले २०७३ फागुन १ मा नेकपा नाममा पार्टी घोषणा गरी ‘एकीकृत क्रान्ति’ मा लागेका थिए । प्रहरीले २०७५ वैशाखदेखि हालसम्म चन्दको पार्टीका करिब ४ सय भन्दा धेरै पक्राउ गरिसकेको छ । हिंसात्मक गतिविधि रोक्नका लागि सरकारले  वार्ताको माध्यमबाट मूलधारमा ल्याउने प्रयत्न गरिहेको छ ।
 

कांग्रेसमा किचलो : आन्तरिक गुटबन्दीले विभाग गठन भद्रगोल

  काठमाडौँ, ७ भदौ । सत्तारुढ नेकपाले पार्टी संरचनालाई पूर्णता दिइरहेका छ । लामो रस्साकस्सी र विवादको सामना गर्दे नेकपाले पाटीएको विभागको टुङ्गो

राजनीतिसँगै कृषि पेशामा युवा नेता

  तनहुँ, ७ भदौ । व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय छन् । उनले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो

राप्रपा (संयुक्त)को बैठक : यस्ता बिषयमा हुदैछन् छलफल 

  काठमाडौँ, ६ भदौ । राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्ने भएको छ । यहि १९ र २० गते राप्रपा

\'सरकारबाटै गणतन्त्रमाथि खतरा छ\'- कोइराला

 विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्रलाई खतरा कतैबाट छ भने सत्तापक्षबाट रहेको बताएका छन् । उनले अरुलाई गणतन्त्रमाथि खतरा