पर्यटन विकासका लागि सरकारले काम गर्दैछ : मन्त्री भट्टराई 

 

काठमाडौं २९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि विभिन्‍न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् ।  

मन्त्री भट्टराईलाई बुधबार मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताएका हुन् । 

’सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम गरिरहेको छ’, उनले भने, ’पर्यटन क्षेत्रमार्फत् मुलुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ ।’ 

सङ्घका अध्यक्ष कुमार कार्कीले तातोपानी र केरुङ नाकामा व्यापारीले भोग्नुपरेको समस्याबारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराएका थिए । साथै मन्त्री भट्टराईको सफल कार्यकालका लागि  शुभकामनासमेत दिएका थिए । रासस

प्रधानमन्त्रीको प्लाज्माफेरेसिस शुरु, स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ, ८ भदौ । उपचारको सिलसिलामा सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । सिंगापुरको नेशनल

प्रदेशसभा बैठक बस्दै : कुन बिषयमा हुदैछ छलफल ? 

हेटौडा, ८ भदौ । प्रदेश नं ३ को प्रदेशसभाको वर्षे अधिवेशन अन्तर्गतको बैठक करीब दुई महीनापछि आज पुनःबस्दै छ । गत असार १२ मा आर्थिक वर्ष २००७÷७७ को बजेट

कांग्रेसमा किचलो : आन्तरिक गुटबन्दीले विभाग गठन भद्रगोल

  काठमाडौँ, ७ भदौ । सत्तारुढ नेकपाले पार्टी संरचनालाई पूर्णता दिइरहेका छ । लामो रस्साकस्सी र विवादको सामना गर्दे नेकपाले पाटीएको विभागको टुङ्गो

राजनीतिसँगै कृषि पेशामा युवा नेता

  तनहुँ, ७ भदौ । व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय छन् । उनले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो