नेदरल्यान्ड्सलाई विश्वकप फाइनलमा पुर्‍याउने स्नाइडरले गरे संन्यासकाे घोषणा

हग, २९ साउन । नेदरल्यान्ड्सलाई विश्वकप फुटबलको फाइनलसम्म पु-याउन सफल विस्ले स्नाइडरले अन्तर्राष्ट्रिय खेलजीवनबाट सोमबार संन्यासको घोषणा गरेका छन् । सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा नेदरल्यान्ड्सलाई फाइनलसम्म पु-याउन योगदान दिएका स्नाइडरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् ।

३५ वर्षे स्नाइडरले १७ वर्षे अन्तर्राष्ट्रिय फुटबल करियरलाई बिट मारेका छन् । उनले नेदरल्यान्ड्सको घरेलु क्लब युट्रेच्टको युट्युब च्यानलमार्फत संन्यासको घोषणा गरेका थिए ।  ‘मेरो सम्बन्ध घरेलु क्लबबाटै भएको थियो । त्यसैले जहाँ मैले खेलजीवनको उत्कृष्ट पलहरू बिताएको थिएँ,’ स्नाइडरले भने,‘त्यसैले यहींबाट अन्तर्राष्ट्रिय फुटबलबाट बिट मारेको हुँ। ’  स्नाइडर नेदरल्यान्ड्सका लागि सर्वाधिक क्याप जित्ने खेलाडीसमेत हुन् । उनले नेदरल्यान्ड्सबाट १ सय ३५ खेल खेलेका छन् । 

उनले १९ वर्षकै उमेरमा राष्ट्रिय टोलीबाट खेलेका थिए । स्नाइडरले सन् २००३ मा नेदरल्यान्ड्सबाट डेब्यु गरेका थिए । राष्ट्रिय टोलीबाट यादगार प्रदर्शन गर्ने क्रममा उनले सन् २०१० को विश्वकपमा नेदरल्यान्ड्सलाई फाइनलमा पु¥याएका थिए । यद्यपि, उक्त फाइनलमा नेदरल्यान्ड्स स्पेनसँग १–० ले स्तब्ध भएपछि विश्वकपको उपाधि चुम्नबाट चुकेको थियो ।  तर, स्नाइडर भने सो विश्वकपको दोस्रो उत्कृष्ट खेलाडी चयन हुँदा सिल्भर बल पाउन सफल भए । 

गोल्डेन बल भने उरुग्वेका डिएगो फोर्लानले पाएका थिए । त्यसको चार वर्षपछि ब्राजिलमा सम्पन्न विश्वकपमा पनि स्नाइडरले नेदरल्यान्डलाई तेस्रो बनाउन सफल भएका थिए ।  उक्त विश्वकपअन्तर्गत अर्जेन्टिनाविरुद्धको सेमिफाइनलमा स्नाइडरले नै पेनाल्टी अवसर गुमाउँदा नेदरल्यान्ड्स लगातार दोस्रो पटक फाइनल पुग्नबाट वन्चित भएको थियो । तर, तेस्रो स्थानको खेलमा नेदरल्यान्ड्सले ब्राजिलमाथि ३–० को जित निकालेको थियो । 

स्नाइडरका लागि क्लब फुटबलमा पनि सन् २०१० को वर्ष निकै यादगार बनेको थियो । सो वर्ष स्नाइडरले निकै उत्कृष्ट प्रर्दशन गर्दा उनको टोली इन्टर मिलानले च्याम्पियन्स लिग, सिरी ‘ए’ र कोटा इटालियाको उपाधि जितेको थियो ।

त्यसअघि सन् २००२ मा आयाक्सको एकेडेमीबाट क्लब करियर सुरुआत गरेका उनी त्यसको पाँच वर्षभित्र नै रियाल मड्रिडको यात्रा तय गर्न सफल भएका थिए ।  सन् २००८ मा रियाल छोडेर उनी जोसे माउरिन्होको नेतृत्वमा रहेको मिलान पुगेका थिए । तर, क्लब फुटबलमा उनले कतारको अल घराफबाट खेल टुङ्ग्याएका थिए । एजेन्सी

इंग्लिस प्रिमियर लिगः सिजनमा पहिलाे जित चेल्सीकाे

लन्डन, ८ भदाै । ट्यामी अब्राहमले चेल्सीलाई यस सिजनको इंग्लिस प्रिमियर लिगमा पहिलो जित दिलाएका छन् । युवा स्ट्राइकरको दुई गोलमा चेल्सीले नर्विचलाई

आर्सनलकाे पाेष्टमा लिभरपुलकाे ३ गाेल

लन्डन, ८ भदाै । शनिबार राति भएकाे खेलमा लिभरपुलले जित हात पारेकाे छ । लिभरपुलले आर्सनलमाथि ३-१ को जित हात पारेकाे हाे । लिभरपुलका मोहम्मद सलाहले दुई

ला लिगा : शीर्ष स्थानमा सेभिया 

  काठमाडौँ, ७ भदौ । सेभियाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा

एभर्टनलाई एस्टन भिल्लाको झट्का

  काठमाडौँ, ७ भदौ इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई एस्टन भिल्लाको नमिठो झट्का लागेको छ ।  शुक्रबार राति भएको खेलमा एभर्टन घरेलु टोली एस्टन