भकारी जत्रो शरीर यसरी छरितो बनाउन सकिन्छ

शरिर तन्दरुस्त र छिटो छरितो होस् भन्ने हरेक व्यक्तिको चाहना हुन्छ । तथापी विभिन्न कारणबस नचाहँदा नचाहँदै पनि शरिर अस्वभाविक रुपमा मोटाउँदै गएपछि यो चिन्ताको विषय पनि हुने गरेको छ ।

यसरी चिन्ता लिएर बस्नु भन्दा के–कारणले मोटाइएको हो ? त्यो पत्ता लगाइ समाधानको उपाय अपनाउनु नै यस्तो अवस्थाको उत्तम विकल्प हो ।

यहाँ उल्लेखित यि ५ नियम लाई पालन गरेमा पनि शरिरलाई हानी नोक्सानी नपु¥याइ तौल नियन्त्रण गर्न सकिन्छ ।

बिहानको नास्ता खानुहोस्

हाम्रो शरिर मोटाउनुमा धेरै खाएर भन्दा पनि तरिका नमिलाएर खाने कारण एक प्रमुख समस्या हो । लामो समय भोको बस्ने अनि एकै पटक भुँडी चर्किने गरि खाने प्रवृत्तिले मोटोपन बढाउने हुनाले मात्रा मिलाएर खानु जरुरी छ ।

सोही कारण पनि बिहानको नास्ता खानु शरिरको लागि हितकारी हुन्छ । यसमा १० ग्राम जति प्रोटिन, केहि चिल्लो र अलिकति कार्बोहाइड्रेटको सम्मीश्रणले उत्तम नास्ता बन्छ । यसले शरिरलाई आवश्यक शक्ति प्रदान गरिरहन्छ ।

प्रोटिनको लागि अण्डा, बजारमा पाइने पिनट बटर अथवा केहि मात्रामा बदाम, दहि र कुनै फलले शरिरलाई आवश्यक पर्ने प्रोटिन तथा भिटामिन दिन्छ ।

बिहानको नास्ता नखाइ बस्दा शरिरले राम्रो रेस्पोन्स गर्देन र एकैचोटी खाना खाँदा धेरै खान मन लाग्छ । जापानका सुमो रेस्लरहरु मोटो बन्नको लागि चुपुर चुपुर नखाइ एकैपटक खाना खान्छन् । यसले शरिरलाई मोटो बनाउने गर्छ । हामी सुमो रेस्लर बन्ने कि ठिक्क शरिर भएको मान्छे बन्ने त्यसको छनौट गरि सोही अनुसार व्यवहार गर्नु जरुरी छ ।

पटक–पटक खाने तथा व्रत बस्ने

हामीले खाना खानालाई शरिरको इन्जाइमले टुक्राएर रगतको माध्यमबाट कोषहरुमा पु¥याउने कारण हाम्रो खान्की व्यवहारले शरिरको सुगरको स्तरलाई व्याख्या गर्दछ । पटक–पटक खाइ राख्दा शरिरको सुगरको स्तर समान भइ राख्नु शरिरको लागि अति हितकारी छ ।

लामो समय भोको बस्नेको शरिरले एकैपटक धेरै सुगर उत्पादन गर्ने र कुनै एक ठाउँमा थुप्रिने हुनाले एकै पटक धेरै खाना खानु राम्रो हुँदैन । यसको विपरित थोरै तर दिनको ५ पटक सम्म खाने व्यवहारले शरिरलाई फिट बनाउन मद्दत गर्छ ।

त्यस्तै अर्को विकल्प भनेको व्रत बस्नु हो । एक अध्ययनको अनुसार व्रत बस्ने तथा निश्चीत समय नखानेहरुलाई रोगको सम्भावना कम भएको देखाएको छ भने त्यस्ता व्यक्तिहरुको मृत्युदर पनि कम हुने गरेको छ ।

व्रत बस्दा शरिरमा अनावश्यक थुप्रिएको सुगर तथा कोलस्टा«ेल प्रयोगमा आइ नष्ट हुने हुँदा शरिर स्वस्थ हुने तथा मोटोपनमा कमि आउँदछ ।

 हल्का व्यायाम गर्नु

जिमखाना गएर कडा अभ्यास गर्दै शरिरलाई आकर्षक बनाउने तथा दिनको ३–४ घण्टा शारिरीक व्यायामको लागि छुट्याउने कार्य हरेकको लागि सम्भव हुँदैन । व्यस्त जिवनशैलीमा शरिरको हेरचाह मात्र गरेर बस्न सकिंदैन । त्यसमाथी यि कार्य मोटोपन भएपनि खुशी हुनेको लागि हो ।

कडा जिम तथा व्यायाम गर्नेको लागि शरिरको लागि आवश्यक पर्ने थप प्रोटीन चाहिने हुँदा थप खाना खाने तथा औषधीको प्रयोग गर्नुपर्ने हुन्छ ।

यदि शरिरको मोटोपन घटाउने हो भने ३० मिनेटको व्यायामनै काफी हुन्छ । खान्कीमा राम्रो ध्यान दिने र ३० मिनेट हल्का व्यायाम गर्नेको शरिर छरितो, स्वस्थ तथा चटक्क मिलेको पनि हुन्छ ।

हल्का व्यायामले शरिरको सुगरको स्तरलाई नियमित बनाउँछ । तथा यसले पाचन प्रणालीलाई पनि स्वस्थ बनाउने हुँदा मोटोपन घटाउन अति नै उपयोगी हुन्छ ।

 अघाउने गरी खानुहोस्, पेटले थाम्न सक्ने जति होइन

हामी खान बस्दा नमिठो भए छिट्टै अघाउने र मिठो भए पेटले थाम्न सक्ने भन्दा बढि खाने गरेका हुन्छौं । स्वास्थ्य विशेषज्ञहरु शरिरलाई चाहिने भन्दा बढि क्यालोरी दिन हुन्न भन्ने गर्छन् ।

यसको अर्थ भोकै बस्ने होइन, निश्चीत मात्रामा पटक पटक खाइ राख्ने । अझ राम्रोसँग भन्नु पर्दा बिहानको नास्ता अलिक ठुलो आकारको भएपनि जति दिन छिप्पीदैं जान्छ, त्यति खानाको आकार घटाउँदै जानुपर्छ । पेटलाई भोको नराखी शरिरको आवश्यकता पुर्ति गर्नाले पनि शरिरमा कुनै रोग नलागि मोटोपन घटाउन सकिन्छ ।

 खानालाई भावनासँग नजोड्नु

अधिकांस मोटोपनले ग्रसित मानिसहरु भोक मेटाउन भन्दा पनि खाइराख्ने बानिका कारण शरिरमा अनावश्यक तौल थपिरहेका हुन्छन् । टिभी हेर्दा तथा इन्टरनेट चलाउँदा रमाइलोको लागि खाने, मन परेको खानेकुरा भोक नलागेको बेला पनि खाने जस्तो स्वभाव पनि मोटोपनको एक प्रमुख कारण हो ।

कतिपय व्यक्ति त झन् निरास भएपनि खानेकुरा खाएर निरासा हटाउने गर्दछन् । यस्तो स्वभाव हटाउनको लागि मानिस दृढ हुन जरुरी छ ।
क्षणिक भावनामा बगेर शरिरलाई रोगी बनाउनु भन्दा खाने कुरालाई नियमको परिधिभित्र राख्न सक्ने हो भने शरिर स्वस्थ हुन्छ र स्वस्थ शरिरले स्वस्थ मानसिकताको पनि विकास गर्छ ।

  माथि उल्लेखित बाहेक जंक फुड नखाने, अत्यधिक गुलियो तथा चिल्लो खानाको प्रयोग कम गर्ने जस्ता सामान्य कुरामा ध्यान दिने हो भने पनि शरिरको मोटोपन नियन्त्रण भइ शरिर आकर्षक देखिने गर्त । यो सँगै सानो भएर लगाउन छोडेका लुगाहरु ठिक हुन पनि थाल्छ ।

राम्रो कुराको सुरुवात गर्न साइत हेर्न पर्दैन, सोही कारण पनि मोटोपन घटाउने मिशनमा आजै देखि लागि हाल्नु उपयुक्त हुन्छ । (एजेन्सीको सहयोगमा)

‘पर्फेक्ट’ महिला बन्ने चक्करमा डिप्रेशनको शिकार   

  काठमाडौँ, ७ भदौ । महिलाहरु आफ्नो छवि समाजमा सधैँ सही होस् भन्ने चाहान्छन् । नेपालजस्तो पितृसत्तात्मक समाजमा महिलाहरु सधैँ पुरुषको नजरमा असल र

यसकारण टोक्नु हुँदैन नङ 

  काठमाडौँ, ६ भदौ । सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन् । सबै भन्छन, ‘हात सफा

मातृ तथा नवजात शिशु मृत्युदर घटाउने सरकारको ध्येय : उपप्रधानमन्त्री यादव

काठमाडौँ, ६ भदौ  । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन

 झापाका बजारमा पिउन अयोग्य पानीको बिगबिगी

बिर्तामोड । झापाका बजारमा निम्न गुणस्तरका पानी छ्यापछ्यापी भएको पाइएको छ । पिउन योग्य पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीमा पीएचको