सर्वाधिक खोजी गरिएकी किशोरीको शंकास्पद शव फेला 

 

मलेसियाको जंगलमा दश दिनअघि बेपत्ता भएकी एक आइरिस किशोरीको शव फेला परेको स्थानीय प्रहरीले जनाएको छ । ती किशोरीको खोजीमा मलेसियाली सैनिक, प्रहरी र अरु खोजकर्ता संलग्न भएका थिए । 

नोरा क्वोरिन नाम गरेकी १५ वर्षीया किशोरी गत अगष्ट ४ मा बेपत्ता भएकी थिइन् । उनी बेलायतबाट घुमघामका लागि मलेसिया आएकी थिइन् । परिवारका सदस्यले उनी अपहरणमा परेको आशंका गरेका थिए, तर मलेसिया प्रहरीले बेपत्ता भएको भन्दै खोजी कार्य तीब्र बनाएको थियो । 

राजधानी क्वालालम्पुरबाट निकै टाढाको डुसुन रिसोर्ट नजिकको घना जंगलमा बेपत्ता भएको आशंकामा नोराको खोजी गरिएको थियो । तीनसय ५० जनाभन्दा बढी व्यक्ति उनको खोजीमा परिचालन गरिएका थिए । खोजीका क्रममा हेलिकोप्टर, ड्रोन, तालिमप्राप्त कुकुर र गोताखोर प्रयोग गरिएको थियो । खोजीमा सघाउन बेलायत, आयरल्यान्ड र फ्रान्सका प्रहरीले पनि सहयोग गरेका थिए । 

विदेशमा बेपत्ता हुने बेलायतीको खोजीमा सहयोग गर्ने लुसी ब्ल्याकम्यान ट्रस्टले एक किशोरीको शव जंगलमा फेला परेको जनाएको छ । तर त्यो शव नोराकै हो भनिहाल्ने अवस्था नरहेको ट्रस्टको भनाई छ । उक्त ट्रस्टले थप विवरण दिन अस्वीकार गरेको छ । 

ट्रस्टले फेला परेको शव परीक्षणका क्रममा रहेको जनाएको छ । परिवारका सदस्यहरुले नोरालाई फेला पार्ने व्यक्तिलाई ११ हजार ९०० अमेरिकी डलर दिने घोषणा पनि गरेका छन् । सानैदेखि मानसिक रूपमा स्वस्थ नरहेकी नोरा राम्रोसँग बोल्न र लेख्न सक्दिनन् ।

श्रीलंकामा चार महिना लामो संकटकाल अन्त्य 

काठमाडौँ, ७ भदौ । श्रीलंकामा चार महिनादेखि जारी रहेको संकटकालीन अवस्थाको अन्त्य भएको घोषणा सरकारले गरेको छ । इस्लामिक अतिबादी समूहले विभिन्न होटल र

डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ सकुशल उद्धार

  जाकार्ता, (इन्डोनेसिया) ६ भदौ । इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री लिएर गइरहेको एक डुङ्गामा स्थानीय समय अनुसार बिहीबार साँझ आगलागी हुँदा

भारतको एक मन्दिरमा भागदौड हुदा चार जनाको मृत्यु, कैयौँ घाइते

  नयाँ दिल्ली ६ भदौ । पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको ज्यान गएको बताइएको छ

अफवाह फैलाएको भन्दै हङकङमा २१० युट्यूब च्यानल बन्द

  काठमाडौँ, ६ भदौ । गुगलले हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ । ती