सहकारीको विकृति नियन्त्रण गरिने

 

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वित्तीय संस्थामा मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताइन् । 

स्वावलम्बन विकास केन्द्रको २८ औँ वार्षिकोत्सव तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रममा आज उहाँले लघुवित्त संस्था र सहकारीको प्रकृति उस्ताउस्तै भएकाले सहकारीको विकृतिलाई नियन्त्रण गरिने बताइन् ।  

“सहकारी संस्था ठूलो भएपछि मानसिकताहरु विकृति बन्न थालेका छन” उनले भनिन् , “संस्थालाई पारदर्शी बनाउने र मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपर्छ ।” सरकारले अहिले सहकारीको समस्या समाधान गर्न लागिरहेको उल्लेख गर्दै उनले सहकारीलाई बेलैमा नियन्त्रण नगरिए पछि समस्या आउने बताइन् । 

“सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्षपछि झनै समस्या आउँछ”, उनले भनिन् , “सहकारी नियमावलीमार्फत सहकारीलाई नियन्त्रण गर्न प्रयासमा छौँ ।” 

मन्त्री अर्यालले एउटा मान्छे धेरै संस्थामा बस्ने समस्या रहेकाले अब त्यो अन्त्य हुनुपर्ने बताइन् ।  उनले सहकारी कर्जा कोष सञ्चालन गरिसकेकाले सहकारी क्षेत्रका विकृतिलाई नियन्त्रण गर्न सहयोग पुग्नेमा जोड दिइन् ।  
    
मन्त्रालयले अहिले गरीब पहिचानको काम गरिरहेको जानकारी गराउँदै उनले गरीब पहिचानमा पनि प्रविधिको प्रयोग गरेर समस्या उत्पन्न नहुने गरी काम सम्पन्न गरिने भनाइ राखिन् । सोही अवसरमा काभ्रेपलाञ्चोकको मानसी लघुवित्त वित्तीय संस्थालाई रु एक लाखसहित यस वर्षको लघु उद्यमशीलता विकास पुरस्कार प्रदान गरिएको थियो ।

कांग्रेसमा किचलो : आन्तरिक गुटबन्दीले विभाग गठन भद्रगोल

  काठमाडौँ, ७ भदौ । सत्तारुढ नेकपाले पार्टी संरचनालाई पूर्णता दिइरहेका छ । लामो रस्साकस्सी र विवादको सामना गर्दे नेकपाले पाटीएको विभागको टुङ्गो

राजनीतिसँगै कृषि पेशामा युवा नेता

  तनहुँ, ७ भदौ । व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय छन् । उनले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो

राप्रपा (संयुक्त)को बैठक : यस्ता बिषयमा हुदैछन् छलफल 

  काठमाडौँ, ६ भदौ । राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्ने भएको छ । यहि १९ र २० गते राप्रपा

\'सरकारबाटै गणतन्त्रमाथि खतरा छ\'- कोइराला

 विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्रलाई खतरा कतैबाट छ भने सत्तापक्षबाट रहेको बताएका छन् । उनले अरुलाई गणतन्त्रमाथि खतरा