सिक्किममा पवन चाम्लिङका १० सांसद उनलाई छोडेर बिजेपी छिरे

 

एजेन्सी । भारतीय राज्य सिक्किममा सबैभन्दा लामो समय मुख्यमन्त्री बनेका पवन चाम्लिङको पार्टी सिक्किम डेमोक्र्या्टिक फ्रन्टमा पहिरो गएको छ । सिक्किम विधान सभाको प्रतिपक्षी दल फ्रन्टका १० सांसद पार्टी परित्याग गरेर भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार दिउँसो भाजपाका कार्यवाहक अध्यक्ष जेपी नड्डा र बरिष्ठ नेता राम माधवले नयाँदिल्लीस्थित मुख्यालयमा ती सांसदहरूलाई पार्टी प्रवेश गराएका हुन्।

विधान सभामा चाम्लिङको पार्टीका १५ सांसद थिए। अरू दुई विद्रोही सांसदले पनि नयाँ पार्टी खोल्ने तयारी गरेको बताइएको छ। पार्टी अध्यक्षसमेत रहेका चाम्लिङसँग सांसदहरूको विवादको कारण के हो भन्ने खुलाइएको छैन।

दुई महिनाअघि सत्ताबाट बाहिरिनु परेका चाम्लिङका लागि आजको घटना अर्को धक्का हो । गत जेठमा भएको विधान सभा चुनावमा पवन चाम्लिङको सत्ता कुनै समय उनकै मन्त्रिपरिषदमा काम गरेका प्रेमसिंह तामाङ गोलेले उल्टाइदिएका थिए ।

गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेको थियो । सन् २०१४ मा भएको अघिल्लो विधानसभा चुनावमा गोलेको पार्टी १० सिट जितेको थियो भने चाम्लिङको पार्टीले २२ सिट जितेको थियो ।

यस चुनावमा गोलेले भ्रष्टाचारलाई अन्त्य गर्ने, विकास कामलाई अगाडि बढाउने र युवालाई रोजगारी दिने विषयलाई चुनाबको प्रमुख मुद्दा बनाएका थिए । परिवर्तन र ‘२५ वर्षे राजाको शासनको अन्त्य’ उनको प्रमूख चुनावी नारा थियो ।

‘म तपाईंहरूसँग २५ वर्ष मागिरहेको छैन। मलाई ५ वर्ष दिनोस्, मेरा सबै वाचा पूरा गर्छु’, उनी भन्ने गर्थे । सन् १९९४ देखि चाम्लिङ सिक्किमका मूख्यमन्त्री रहँदै आएका थिए ।

चाम्लिङ अघि भारतमा सबैभन्दा लामो समय सत्तामा रहने रेकर्ड पश्चिम बंगालका मूख्य मन्त्री ज्योति बसुको नाममा थियो । उनी सन् १९७७ देखि सन् २००० सम्म बंगालको मूख्यमन्त्री थिए ।

३२ वर्षको उमेरमा राजनीतिक जीवन सुरू गरेका चाम्लिङ सन् १९८९ देखि ९२ सम्म मूख्यमन्त्री नर बहादुर भण्डारीको मन्त्रीमण्डलमा मन्त्री थिए । त्यसपछि सन् १९९३ मा भण्डारीको साथ छोडेर चाम्लिङले सिक्किम डेमोक्रेटिक फ्रन्ट खोले । 

त्यसको अर्को वर्ष सन् १९९४ मा भएको चुनावमा भण्डारीको पार्टीलाई हराएर उनी मूख्यमन्त्रीको कुर्सीमा पुगे । अहिले चाम्लिङकै पूर्वमन्त्री गोलेले उनको सत्ता अन्त्य गरिदिए । रासस

श्रीलंकामा चार महिना लामो संकटकाल अन्त्य 

काठमाडौँ, ७ भदौ । श्रीलंकामा चार महिनादेखि जारी रहेको संकटकालीन अवस्थाको अन्त्य भएको घोषणा सरकारले गरेको छ । इस्लामिक अतिबादी समूहले विभिन्न होटल र

डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ सकुशल उद्धार

  जाकार्ता, (इन्डोनेसिया) ६ भदौ । इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री लिएर गइरहेको एक डुङ्गामा स्थानीय समय अनुसार बिहीबार साँझ आगलागी हुँदा

भारतको एक मन्दिरमा भागदौड हुदा चार जनाको मृत्यु, कैयौँ घाइते

  नयाँ दिल्ली ६ भदौ । पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको ज्यान गएको बताइएको छ

अफवाह फैलाएको भन्दै हङकङमा २१० युट्यूब च्यानल बन्द

  काठमाडौँ, ६ भदौ । गुगलले हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ । ती