कलङ्की–चावहिल सडक विस्तारको तयारी शुरु

 

काठमाडौं । चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम शुरु भएको छ । सडक विभाग, चक्रपथ सुधार योजनाले कलङ्कीदेखि महाराजगञ्ज हुँदै चावहिलसम्म सडकको अधिकार क्षेत्रभित्र पर्ने स्थान खाली गराउन लागेको हो । 

सडकमा रहेका रूख, बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन लागिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । उनका अनुसार कतिपय संरचना हटाउनका लागि विभिन्न निकायसँग सहकार्य हुनेछ । उनले भने, “ठेक्का गरेर भएका रूख कटाउनेलगायतका काम शुरु गरिएको छ ।”

चक्रपथको चौडाइ सडकको मध्य भागबाट ३१ मिटर रहेको छ । चिनियाँको प्रतिवेदन आएपछि नै सडकको चौडाइ कति कायम हुने भन्ने टुङ्गो लाग्ने इञ्जिनीयर शर्माले बताए । उनले भने, “अहिले हामीले चक्रपथको मापदण्डका आधारमा सडक खाली गराउन लागेका छौँ ।”


चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर–कलङ्की सडक सम्पन्न हुनासाथ दोस्रो खण्डको अध्ययन शुरु भएको हो । नेपाल सरकारलाई गत वर्ष नै चीन सरकारले निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरिसकेको छ । अध्ययन गरिरहेको चीन सरकारले नै सो सडकको समेत विस्तारको काम गर्नेछ । रासस

रहेनन् भाजपा नेता अरुण जेट्ली

नयाँदिल्ली । भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । भाजपाको यसअघिको सरकारमा अर्थमन्त्री रहेका जेट्लीको ६६ वर्षको उमेरमा आज

नौमती बाजा प्रतियोगिता

पाल्पा, ७ भदौ । स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन तानसेनमा नौमती बाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा तानसेन नगरपालिका–५

भाञ्जी बलात्कार गर्ने मामा पक्राउ

  ओखलढुङ्गा, ७ भदौ । सात वर्षीया भाञ्जी बलात्कार गर्ने मामा पक्राउ परेका छन् । नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ

चट्याङले बालिकाको मृत्यु, आमा अचेत

बाजुरा, ७ भदौ । बुढीगङ्गा नगरपालिका–१० बधेडामा राति १ बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया