विप्लवको कार्यकर्ताको रणनीति : आफ्नो सिम अफ, मरेको मान्छेको अन

 

दाङ । सरकारबाट प्रतिबन्धित नेत्र विक्रम चन्द्र विप्लव समुहका कार्यकर्ताले मृत्यु भएका मान्छेको नामबाट सिम कार्ड लिनेको गरेका पाईएको छ ।

मरेको मानिसको नागरिकता र फोटो प्रयोग गरेर सिम निकालेर प्रयोग गर्ने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जनाए । सरकार विरोधि काममा सक्रिय हुँदै आएको समुहले आफ्नो नामको सिम समेत प्रयोग गर्ने छाडेको प्रहरी अनुसन्धानबाट खुलेको हो । 

सरकारले विप्लव समूहलाई प्रतिवन्धित गरेपछि उनिहरु सरकार विरोधि क्रियाकलापमा सक्रिय भएर लागेका छन् । पछिल्लो समय देशैभरि विप्लवका गतिविधि बढ्दै गएको छ । विप्लव समुहले नेपाल बन्द, विभिन्न वडा कार्यालय, एनसेल र एनटिसीको टावर तोडफोड र आगजनीमा सक्रिय भएर लागेका छन् । 

रहेनन् भाजपा नेता अरुण जेट्ली

नयाँदिल्ली । भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । भाजपाको यसअघिको सरकारमा अर्थमन्त्री रहेका जेट्लीको ६६ वर्षको उमेरमा आज

नौमती बाजा प्रतियोगिता

पाल्पा, ७ भदौ । स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन तानसेनमा नौमती बाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा तानसेन नगरपालिका–५

भाञ्जी बलात्कार गर्ने मामा पक्राउ

  ओखलढुङ्गा, ७ भदौ । सात वर्षीया भाञ्जी बलात्कार गर्ने मामा पक्राउ परेका छन् । नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ

चट्याङले बालिकाको मृत्यु, आमा अचेत

बाजुरा, ७ भदौ । बुढीगङ्गा नगरपालिका–१० बधेडामा राति १ बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया