स्करपियो चढेर चोर्न आएका दुइ समातिए 

   रौतहट । स्करपियो मोटर चढेर सीमापारीबाट चोरी गर्न आएका दुइजना समातिएका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिकाको न.पा.वडा नं. ४ स्थित न्यू श्याम मोबाईल पसलमा चोरी गर्ने उदेश्यले दुइभाई सीसी क्यामेराको कारण समातिएका हुन् । पसलको छेउमा स्करपियो पार्किङ गर्ने बेलामा पसलमा राखीएको सि.सी.क्यामेराको सहयताले सोमबार अपरान्ह ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट गस्तीमा खटेको टोलीले बीआर ए ३६४६ नम्बरको भारतीय स्करपियो गाडी, वायर कटर एकथान र मोबाईल ३ थान फेला पारेको छ ।


 भारत, सितामडी, खरकामा बस्ने बर्ष ३० लोकेश कुमार र जिल्ला रौतहट गौर न.पा. ५ बस्ने बर्ष ३४ को प्रेम शंकर यादवलाई पक्राउ गरेको छ । उनिहरुमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ  ।  

सेती नदीले सात जनाको ज्यान लियो

डोटी, ८ भदाै । डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?

दाङ, ८ भदाै । गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर

डेङ्गुले चितवनमा एकको मृत्यु 

चितवन, ८ भदाै । जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय

बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु

बर्दिया, ८ भदाै । ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ः३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७०