१३औँ साग : सुदूरपश्चिमबाट ४४ खेलाडी छनोट

 

काठमाडौँ । सन् १९८४ पछि तेस्रोे पटक नेपालमा आगामी मङ्सिरमा १३औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) हँुदैछ ।

काठमाडौँ र पोखरामा प्रतियोगिताको तयारी भईरहेको छ । देशका सबै प्रदेश र सुरक्षा निकायका विभागीय टोलीबाट छनौटमा परेका खेलाडी यतिबेला विभिन्न क्षेत्रमा छरिएर बन्द प्रशिक्षणमा व्यस्त छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट विभिन्न खेलका लागि सागमा सहभागी हुन महिला तथा पुरुष गरी ४४ खेलाडी सहभागी भइरहेको सुदूरपश्चिम क्षेत्रीय खेलकूद प्रशिक्षण केन्द्रका निर्देशक एवं बक्सिङ ओलम्पियन विष्णुबहादुर सिंहले जानकारी दिए ।     

सुदूरपश्चिमबाट तेक्वान्दो खेलमा एक महिला बन्द प्रशिक्षणमा छिन् । बक्सिङबाट एक महिला÷एक पुरुष, ब्याडमिन्टनमा एक पुरुष, भारोत्तलनमा दुई पुरुष खेलाडी सागको बन्द प्रशिक्षणमा रहेको निर्देशक सिंहले जानकारी दिए । 

त्यसैगरी उसुबाट दुई महिला÷दुई पुरुष, हक्कीमा सात पुरुष, तीन महिला, कबड्डीमा चार महिला दुई पुरुष, ह्याण्डबलमा एक महिला÷एक पुरुष, कुस्तीमा आठ महिला दुई पुरुष र कराँतेमा दुई महिला र छ पुरुष खेलाडी बन्द प्रशिक्षणमा रहेको निर्देशक सिंहले बताए । 

“१३औँ सागमा सुदूरपश्चिमका कुस्ती खेलाडीले नेपाललाई पदक दिलाउनेमा बढी आशावादी हुने ठाउँ छ”, निर्देशक सिंहले भने, “साग हुनु एक÷डेढ महीनाअघि फेरि अन्तिम छनौट हुन्छ ।” उनले भने, “साग हुनुअघि अन्तिम छनौटमा पास हुने खेलाडी सागमा सहभागी हुन पाउनेछन ।”

गत चैतमा भएको बृहत् राष्ट्रिय खेलकूद प्रतियोगितामा कुस्ती खेलमा सुदूरपश्चिम प्रदेशले महिलातर्फ १० मध्ये ६ स्वर्ण जितेको थियो । यहाँबाट छनौटमा परेका खेलाडी काठमाडौँ, हेटाँैडालगायत विभिन्न स्थानमा बन्द प्रशिक्षणमा रहेको सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष लालबहादुर शाहीले बताए ।

यसअघि आठौँदेखि १२औँ सागसम्म तेक्वान्दोमा चार स्वर्ण दिलाउने कीर्तिमानी खेलाडी दीपक विष्ट सुदूरपश्चिमकै हुन् । “सुदूरपश्चिम खेलकूदको उर्वरभूमि नै हो”, अध्यक्ष शाहीले भन्नुभयो, “भौतिक पूर्वाधार र खेलाडीको मनोबल बढाउने खालका कार्यक्रम यहाँ हुन सक्यो भने प्रतिभावान् खेलाडी जन्माउन सकिन्छ ।” केही समय कञ्चनपुरमा सागको महिला कुस्तीको टोलीले बन्द प्रशिक्षण गरेकोमा हाल हेटाँैडा सारिएको छ । 

त्यसैगरी कञ्चनपुरका बक्सिङ प्रशिक्षक तथा ओलम्पियन डम्बरदत्त भट्ट यतिबेला ललितपुरको सातदोबाटोमा बक्सिङको बन्द प्रशिक्षणमा व्यस्त छन् । “सागको शुरुआत नै नेपालबाट भएको हो”, ओलम्पियन भट्टले भने, “बक्सिङको बन्द प्रशिक्षणमा खेलाडी मिहिनेतसाथ प्रशिक्षणमा व्यस्त छन् ।”

बक्सिङको बन्द प्रशिक्षणका ३५ मध्ये २० खेलाडीलाई बाह्य प्रशिक्षणका लागि थाइल्याण्ड पठाइएको भट्टले बताए । सुदूरपश्चिमबाट हाल बन्द प्रशिक्षणमा रहेका आठ महिलामध्ये अन्तिम छनौटमा पाँचा खेलाडी पर्नेमा आफू आशावादी रहेको कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दको भनाइ छ । रासस

इंग्लिस प्रिमियर लिगः सिजनमा पहिलाे जित चेल्सीकाे

लन्डन, ८ भदाै । ट्यामी अब्राहमले चेल्सीलाई यस सिजनको इंग्लिस प्रिमियर लिगमा पहिलो जित दिलाएका छन् । युवा स्ट्राइकरको दुई गोलमा चेल्सीले नर्विचलाई

आर्सनलकाे पाेष्टमा लिभरपुलकाे ३ गाेल

लन्डन, ८ भदाै । शनिबार राति भएकाे खेलमा लिभरपुलले जित हात पारेकाे छ । लिभरपुलले आर्सनलमाथि ३-१ को जित हात पारेकाे हाे । लिभरपुलका मोहम्मद सलाहले दुई

ला लिगा : शीर्ष स्थानमा सेभिया 

  काठमाडौँ, ७ भदौ । सेभियाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा

एभर्टनलाई एस्टन भिल्लाको झट्का

  काठमाडौँ, ७ भदौ इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई एस्टन भिल्लाको नमिठो झट्का लागेको छ ।  शुक्रबार राति भएको खेलमा एभर्टन घरेलु टोली एस्टन