द्वन्द्वपीडित महिला भन्छन् –‘अधिकारबाट वञ्चित भयौँ ’    


 वीरेन्द्रनगर ।  कर्णालीका द्वन्द्वपीडितहरुले आफ्नो बलिदानीले देशमा सङ्घीयतासहित ठूलो परिवर्ततन आए पनि अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन् ।     
     
 मानव अधिकारका लागि एकल महिला समूहले वीरेन्द्रनगरमा आयोजना गरेको द्वन्द्वप्रभावित महिलाका लागि प्रदेशस्तरीय छलफल कार्यक्रममा सहभागी द्वन्द्वपीडित महिलाले सो गुनासो गरेका हुन् । द्वन्द्वको बेलामा रुकुमको खारामा भएको भिडन्तमा परी घाइते भएकी वसन्ता विष्टले राज्यले आफ्ना पीडाहरु नसुनेको बताए । “आफ्नो ज्यान धरापमा पारेर सङ्घीयता ल्याउने हामी तर, त्यसको सुविधा अरूले नै भोगिरहेका छन्”, उनले भने, “अहिले हाम्रा कुराहरु मन्त्रीहरुले नै सुन्नुहुँदैन ।”     
     
 भिडन्तमा परी घाइते भएकी जियसरा शाहीले पनि द्वन्द्वपीडित महिला हकअधिकारबाट वञ्चित रहेको गुनासो गरे । द्वन्द्वपीडितको वर्गीकरण र परिचयपत्र वितरणमा समस्या भएको उनले बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले द्वन्द्वपीडितहरुको पहिचान नखुल्दा समस्या भएको बताए ।     
     
 त्यसैगरी परिचयपत्र वितरणमा पनि समान ढङ्गले काम गर्न नसकेको पीडितहरुबाट गुनासो आउने गरेको बताए । इन्सेकको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा तीन हजार दुई सय द्वन्द्वपीडित रहेका छन् । प्रदेशमा रहेका ९९ जनाको अझै पनि पहिचान खुल्न नसकेको सुवेदीले बताए ।    
     
 समस्या समाधान गर्न चुनौती  : मुख्यमन्त्री शाही     
     
 कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले द्वन्द्वपीडितका समस्या समाधान गर्न नसकिएको बताए । समस्या आफूहरुलाई थाह भए तापनि विविध कारणले गर्दा समाधान गर्न चुनौती रहेको आँैल्याए “विगतको दिनहरु बितिहाल्यो अब आउने दिनमा कसरी अगाडि बढ्ने त्यो सोच्नुपर्दछ”, द्वन्द्वपीडितलाई सान्त्वना दिँदै शाहीले भने, “राज्यलाई बचाउने मान्छेलाई हामी सम्मान गर्दछौँ ।” पीडितका समस्या समाधान गर्न कर्णाली सरकार तयार रहेको उहाँको भनाइ थियो ।     
     
 कार्यक्रममा भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीले द्वन्द्वपीडितमध्ये पनि महिलालाई समस्या रहेको बताए । द्वन्द्वपीडितलाई आयआर्जन तथा व्यवसायमा लगाउने सरकारको योजना रहेको उहाँले बताउनुभयो । जसका लागि कर्णाली सरकारले रु नौ करोड बजेट छुट्याएको जानकारी दिए ।    
द्वन्द्वपीडितसँग छलफल गरेर सो बजेटबाट कार्यक्रमको योजना बनाउने उनको भनाइ थियो । “सरकार बुबाआमा जस्तै हो, त्यसैले आफ्ना अधिकारका लागि माग्नु पनि पर्दछ”, केसीले भने, “हामी पनि तपाईंहरुलाई सहयोग गर्न तयार छाँै ।” कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समूहका नन्दा श्रेष्ठ, शीतलसिंह राठौरलगायतले द्वन्द्वपीडितले भोग्नुपरेका समस्या राख्नुभएको थियो । रासस
 

कांग्रेसमा किचलो : आन्तरिक गुटबन्दीले विभाग गठन भद्रगोल

  काठमाडौँ, ७ भदौ । सत्तारुढ नेकपाले पार्टी संरचनालाई पूर्णता दिइरहेका छ । लामो रस्साकस्सी र विवादको सामना गर्दे नेकपाले पाटीएको विभागको टुङ्गो

राजनीतिसँगै कृषि पेशामा युवा नेता

  तनहुँ, ७ भदौ । व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय छन् । उनले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो

राप्रपा (संयुक्त)को बैठक : यस्ता बिषयमा हुदैछन् छलफल 

  काठमाडौँ, ६ भदौ । राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्ने भएको छ । यहि १९ र २० गते राप्रपा

\'सरकारबाटै गणतन्त्रमाथि खतरा छ\'- कोइराला

 विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्रलाई खतरा कतैबाट छ भने सत्तापक्षबाट रहेको बताएका छन् । उनले अरुलाई गणतन्त्रमाथि खतरा