किन दिनप्रतिदिन उकालो लाग्दैछ सुनको भाउ ? 

 

काठमाडौं । पछिल्लो केहि सातायताबाट नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । सुनको भाउ मंगलबार बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । 

सोमबार तोलामा ७० हजारमा बिक्रि भएको सुन मंगलबार तोलामा १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा मंगलबारको भाउ अहिलेसम्मकै उच्च भएको छ । 

बजारमा महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य पनि प्रतितोला पनि १ हजार रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।  चाँदी पनि प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।  बजारमा सुनको भाउ बढेसँगै सुन किन्न आउँनेको संख्या अत्यन्त न्यून भएको व्यवसायिहरुको भनाइृछ । 
अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।  विश्व बजारमा सुन प्रतिआउन्स ०.६४५  १ हजार ५२६.८५ डलर सम्म पुगेको छ । यसअघि सन् २०१३ मा विश्व बजारमा सुन प्रतिआउन्स १ हजार ३८१.०७ डलरसम्म पुगेको थियो ।  स्थानीय बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ ।

अमेरिका र चीनबीचको व्यापार युद्धसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौंती गरेपछि सुनको मूल्य उकालो लागेको हो । ब्याजदर घटेपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका कारण मूल्य बढेको हो ।

विभिन्न वाणिज्य बैंकसँग ३४ किलो सुन मौज्दात रहेको छ । अमेरिकी केन्द्रीय बैंकले ०.३ प्रतिशतले ब्याजदर घटाए पछिको असर सुनको मूल्यमा परेको जनाएको छ ।
 

झापामा करदाता बढे

  झापा, ७ भदौ । झापामा स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको सङ्ख्या ह्वात्तै बढेको आन्तरिक राजश्व कार्यालय भद्रपुरले जनाएको छ । कार्यालयका

पर्यटन प्रर्वद्धनमा कर्णाली : १६ स्थानमा होमस्टे  

  विरेन्द्रनगर, ७ भदौ । कर्णालीका १६ स्थानमा होमस्टे (घरवास) सञ्चालनमा आउने भएका छन् । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले

यी हुन् प्राकृतिक स्रोतको रोयल्टी बढी पाउने प्रदेश

काठमाडौँ, ६ भदौ । पर्वतारोहण, संरक्षण क्षेत्रको रोयल्टी पाउनेमा सोलुखुम्बु जिल्लाको पासाङल्हामु गाउँपालिका शीर्ष स्थानमा परेपनि प्रदेश नं २ ले

एक सय ४० भारतीय अवैध खसी नियन्त्रणमा

  बर्दिया, ६ भदौ । गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १ सय चालिस वटा खसीसहितको ट्रक प्रहरीले नियन्त्राणमा लिइको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा