किन दिएन अमेरिकाले सन्दीप लामिछानेलाई भिसा ?

काठमाडौं, २८ साउन । नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्विकार गरेको छ । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको लामिछानेले सार्वजनिक गरेका हुन् ।

‘सन् २०१६ देखि विभिन्न लिगमा विश्वभर  देशको प्रतिनिधित्व गरिरहेको राष्ट्रिय खेलाडीको नाताले अमेरिकाको भिसा अस्वीकार गरिएकोमा चकित भएको छु’ उनले ट्वीट गरेका छन् । प्रधानमन्त्रीको कार्यालय र अमेरिकी दूतावासलाई पनि मेन्सन गरेका छन् ।

क्यारेबिन प्रिमियर लिगमा सहभागी हुनका लागि भिसा आवेदन दूतावासबाट अस्वीकार गरेको लामिछानेले बताए ।

इंग्लिस प्रिमियर लिगः सिजनमा पहिलाे जित चेल्सीकाे

लन्डन, ८ भदाै । ट्यामी अब्राहमले चेल्सीलाई यस सिजनको इंग्लिस प्रिमियर लिगमा पहिलो जित दिलाएका छन् । युवा स्ट्राइकरको दुई गोलमा चेल्सीले नर्विचलाई

आर्सनलकाे पाेष्टमा लिभरपुलकाे ३ गाेल

लन्डन, ८ भदाै । शनिबार राति भएकाे खेलमा लिभरपुलले जित हात पारेकाे छ । लिभरपुलले आर्सनलमाथि ३-१ को जित हात पारेकाे हाे । लिभरपुलका मोहम्मद सलाहले दुई

ला लिगा : शीर्ष स्थानमा सेभिया 

  काठमाडौँ, ७ भदौ । सेभियाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा

एभर्टनलाई एस्टन भिल्लाको झट्का

  काठमाडौँ, ७ भदौ इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई एस्टन भिल्लाको नमिठो झट्का लागेको छ ।  शुक्रबार राति भएको खेलमा एभर्टन घरेलु टोली एस्टन