प्रचण्डको खण्डनः ‘प्रकाशको नाउँमा दुबईको बैंकमा २१ अर्ब छैन’

 काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना दिवंगत पुत्र प्रकाशको नाउँमा दुबईको बैंकमा २१ अर्ब रुपैंयाँ बचत रहेको कुरा सत्य नभएको भन्दै खण्डन गरेका छन् । साथै प्रकाशको नाउँमा कुनैपनि बैंकमा रकम नरहेको पनि उनले स्पष्ट पारेका छन् । 

प्रचण्डका तर्फबाट उनको सचिवालयले विज्ञप्ति जारी गर्दै ‘अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उहाँको बदनाम गर्न उद्दत रहेको’ भन्दै ‘दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।’ भनिएको छ । 

सचिवालयले सो समाचार षड्यन्त्रपूर्ण भ्रामक प्रचार मात्र रहेको भन्दै प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौति दिएकोे छ ।

 

एनआरएनका अध्यक्षमाथि अनुशासनको कार्बाही होला ?

काठमाडौं । एनआरएन भनेर चिनिने गैरआवासीय नेपालीहरुको संगठनका अध्यक्ष भवन भट्ट अनुशासन उलंघन हुनेगरी मदिरा सेवन गरेको आरोपमा चढिसकेको विमानबाट

सेती नदीले सात जनाको ज्यान लियो

डोटी, ८ भदाै । डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?

दाङ, ८ भदाै । गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर

डेङ्गुले चितवनमा एकको मृत्यु 

चितवन, ८ भदाै । जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय