प्रचण्डको खण्डनः ‘प्रकाशको नाउँमा दुबईको बैंकमा २१ अर्ब छैन’

 काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना दिवंगत पुत्र प्रकाशको नाउँमा दुबईको बैंकमा २१ अर्ब रुपैंयाँ बचत रहेको कुरा सत्य नभएको भन्दै खण्डन गरेका छन् । साथै प्रकाशको नाउँमा कुनैपनि बैंकमा रकम नरहेको पनि उनले स्पष्ट पारेका छन् । 

प्रचण्डका तर्फबाट उनको सचिवालयले विज्ञप्ति जारी गर्दै ‘अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उहाँको बदनाम गर्न उद्दत रहेको’ भन्दै ‘दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।’ भनिएको छ । 

सचिवालयले सो समाचार षड्यन्त्रपूर्ण भ्रामक प्रचार मात्र रहेको भन्दै प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौति दिएकोे छ ।

 

रक्सि पिएर अभद्र व्यवहार गरेपछि एनआरएनका अध्यक्ष भवन भट्ट विमानबाट निकालिए

काठमाडौं, ८ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्ट मदिराले अनियन्त्रित भएर उडान दलका सदस्यलाई अभद्र व्यवहार गरेपछि विमानबाट निकालिएका

रहेनन् भाजपा नेता अरुण जेट्ली

नयाँदिल्ली । भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । भाजपाको यसअघिको सरकारमा अर्थमन्त्री रहेका जेट्लीको ६६ वर्षको उमेरमा आज

नौमती बाजा प्रतियोगिता

पाल्पा, ७ भदौ । स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन तानसेनमा नौमती बाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा तानसेन नगरपालिका–५

भाञ्जी बलात्कार गर्ने मामा पक्राउ

  ओखलढुङ्गा, ७ भदौ । सात वर्षीया भाञ्जी बलात्कार गर्ने मामा पक्राउ परेका छन् । नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ