छोरी जन्मेको थाहा पाएपछि श्रीमतीलाई अस्पतालमै छाडेर हिँडे श्रीमान

जुम्ला, २८ साउन । जुम्ला पातारासी गाँउपालिका तल्फी गाउँकी ३५ वर्षीया पुतली महताराले गत बुधबार छोरी जन्माइन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल महताराले छोरी जन्माएको थाहा पाएपछि श्रीमान बीरबहादुर तीन दिनमै अस्पतालमै सुत्केरी पत्नी छोडेर घर हिँडे।  छोरा जन्मिने आशामा अस्पतालमा कुरेर बसेका श्रीमान छोरी जन्मेपछि आफूलाई अस्पतालमै अलपत्र छोडेर हिँडेको पुतलीले बताइन्।

छोरी जन्मिने बित्तिकै स्याहारमा वेवास्ता गर्दै आएका श्रीमानले पनि अस्पतालमै छोडेर गएपछि पुतलीको बेहाल भयो ।

केही दिन त अस्पतालको बेडमै रहिन्। तर अस्पतालबाट डिस्चार्ज भएपछि भने उनी अलपत्र परिन्। नवजात शिशू बोकेर घर जान पनि समस्या।बस्ने ठाउँ पनि छैन। काखमा जनजात बच्चा बोकेर घर जान पनि खोजिन् तर केही दिनदेखि खान समेत नपाएकी सुन्तलीका हातखुट्टा कापे र हिँड्नै सकिनन् ।

घर जान नसकेपछि जुम्ला सदरमुकामका धेरै घरमा बास मागिन्।  कसैले घरमा बस्न दिएनन्।  कसैले भर्खरको सुत्केरीलाई घर बस्न नदिने बताएको त कतिपयले बस्ने ठाउँ नभएको प्रतिक्रिया दिएको उनले सुनाइन् ।

केहि नलागेपछि उनी कर्णाली पुस्तकालयको तल्लो तलामा बसिन्।  पुस्तकालयको माथिल्लो तलामा सामुदायिक रेडियो नारी आह्वानको कार्यालय छ। तल्लो तलाको गल्लीमा गनगन आवाज सुनिएपछि रेडियोका कर्मचारीले सोधीखोजी गरे। दयनिय अवस्थामा १० दिनकी सुत्केरी फेला परिन्।  उनले रुदै भनिन्,  छोरी जन्मदा पति भागेकोले म अलपत्र छु।  यो गल्लीमै सुत्ने तयारी थालेको छु। ’  उनको पीडा सुनेपछि रेडियाकर्मी गीता शाही, प्रबन्धक  दिलमाया शाहीले पुतलीलाई रेडियोको प्राविधिक कोठामा लिएर राखे।  पुतलीले सुनाइन्,‘दिनभर खाजा र खान पाएको छैन्।  शरीर कमजोर बन्दै गइरहेको छ। ’ रेडियो कर्मीले तत्काल खाजा ल्याएर खुवाए।  त्यहाँ सम्म घरपरिवारले कुनै वास्ता गरेनन्।  'उनी सुनाउँछिन् यस्तो अवस्था कसैलाई पनि नआओस ।'

जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे पुतलीको अवस्थाका बारेमा  खबर पाउने बित्तिकै तत्कालीन आश्रयका लागि मध्यरातमा पुनः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पु-याइएको बताउँछिन्।  आपतकालीन रुपमा सुत्केरीलाई प्रतिष्ठानको इमरजेन्सी विभागको कोठामा राखियो।  साउन ७ गते अस्पताल भर्ना भएकी पुतलीले १३ गते छोरी जन्माएकी थिइन्। खुट्टामा चोट लागेका कारण उनले थप केही दिन अस्पताल बस्नुपर्यो ।

स्थानीय प्रशासनले श्रीमान बीरबहादुरलाई बोलाएर सुत्केरी स्याहार गर्न पहल गरेको छ। साउन २३ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी ,पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा,प्रहरी प्रमुख सीताराम रिजाल   सुत्केरीको फुपु दिदी र परिवारका सदस्यसंग छलफल गरेको थियो ।

 छलफल पश्चात पातारासी गाउँपालिका अध्यक्ष बोहोराको पहलमा एम्बुलेन्सको व्यवस्था गरी   सुत्केरीलाई सुरक्षित घर पुर्याइएको छ।  जीवन र मरणको दोसाँधमा रहेका दुर्गम क्षेत्रका महिला अहिले पनि छोरी जन्माएकै कारण यस्तो अवस्था झेल्नु निकै दुःखद भएको महिला अधिकारकर्मी बताउँछन्।  समानता र महिला अधिकारका चर्का कुरा गरे पनि जिल्लामा छोरा र छोरीबीचको विभेद अझैं पनि कायम छ । (नागरिकबाट)

२३ हजार कर्मचारी रिक्त

काठमाडौं, ८ भदाै । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारीको दरबन्दी रिक्त छ । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा

अमेरिका गएका वडाअध्यक्षले पठाए राजीनामा

हेटौंडा, ८ भदाै । व्यापक जन दबाबपछि मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ का अध्यक्ष जगत्मान घिसिङले अमेरिकाबाटै राजीनामा पत्र गाउँपालिका

अन्तत प्रधानमन्त्रीको उपचार लम्बिने, ७ पटक प्लाज्मा फेरेसिस गर्नुपर्ने

काठमाडौं, ८ भदाै । सिंगापुरमा स्वास्थ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ। प्रधानमन्त्री

एक प्रहरीः जसले ३० वर्षपछि बल्ल पाए न्याए

काठमाडौं, ८ भदाै । पेस्तोल चोरीको आरोपमा यातनासहित ४ वर्ष कैद भुक्तान गरेका तत्कालीन प्रहरी हवल्दार तीन दशकपछि निर्दोष ठहरिएका छन् । २०४४ सालमा