उपलव्धि गुम्ने प्रचण्डको चिन्ता, राजतन्त्र फर्किने कोइरालाको दावी 


काठमाडौं । सत्तासीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलव्धि गुम्ने खतरा बढेको भन्दै निकै होहल्ला मच्चाउन थालेका छन् । शान्तिपूर्ण जनआन्दोलन र उनले नेतृत्व गरेको हिंसात्मक ‘जनयुध्द’को बलमा प्राप्त भएको उपलव्धि खोस्न षड्यन्त्र भैरहेको दाहालको बुझाई छ । 

उनले भारतीय गुप्तचर प्रमुखसँग आफ्नै निवासको माथिल्लो तलामा भएको गुप्त वार्ता र युनाईटेड अरब इमिरेट्सको पारिवारीक शयरपछि देशमा कुनै सम्भावित राजनीतिक घटनाको संकेत गरिरहेको हुनसक्ने विश्लेषकहरु बताउँछन् । रामेछाप पुगेर पूर्व राजाविरुध्द चर्को मन्तव्य दिएका प्रचण्डले शनिबार काठमाडौंमा कुनै राजनीतिक घटनाको पूर्वाभाष भएजसरी उपलव्धि गुम्ने खतरा औंल्याउनुले सर्वसाधारणको समेत ध्यान खिचेको देखिएको छ । 

‘हेग’ पुगे आफू हिरो बन्ने देखि पूर्व राजालाई नागार्जुनबाट धपाउने हुँदै राजनीतिक उपलल्धि गुम्ने खतरासम्मको प्रचण्डको सिलसिला नमिलेका भनाईहरुले उनको मनोदशा झल्काउँछ । वरिपरी ढडेलो लागेको जंगलको बीचमा फसेर यताउता भौंतारिर्ईरहेको वन्यजन्तु झैं किन आत्तिएका छन् प्रचण्ड, कसैले पनि यस कुराको मेलोमेसो पाईरहेको देखिँदैन । आफैं सत्तारुढ दलको अध्यक्ष उनी यसरी असुरक्षित भावनाले चिन्तित बन्नु पर्ने अवस्था अवश्य पनि होइन होला ।

बजार हल्ला यस्तो छ

बजारकै कुरा गर्ने हो भने त थरीथरीका चर्चा सुन्न पाईन्छ । धर्मनिरपेक्षता र संघीयता विदा गर्ने तयारी अन्तिम चरणमा पुगेको हल्ला यतिबेलाको सबैभन्दा बिकाउ हल्ला भएको छ । 

भारतमा नरेन्द्र मोदी दोस्रोपटक शक्तिशाली बनेर सत्तामा फर्किएदेखि नै यी दुइ बिषयमा अड्कलबाजी सुरु भएको हो । त्यसपछि भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्री देखि सबै दलका शीर्ष नेतालाई दृश्य अदृश्य तरिकाले भेटेपछि त यो हल्लाले औपचारिक हैसियत नै पाएजसरी चर्चा गरिँदैछ । जम्मु कश्मिरको हैसियत फेर्नेगरी भएको पछिल्लो निर्णयपछि अड्कलबाजहरुले बजार तताएका छन् ।

धर्मनिरपेक्षता हट्ने

एकथरीको दावी छ, नेपालबाट धर्मनिरपेक्षता हट्ने छ र वैदिक सनातन हिन्दू धर्म पुनस्थापन हुने छ । त्यसपछि संघीयतालाई विदा गरिने छ । यसका लागि छिमेकी दुईवटा देशहरु भारत र चीनले हात मिलाईसकेका छन् । अरु कैयौं बिषयमा असमति हुँदाहुँदै पनि नेपाललाई हिन्दू राष्ट्र बनाउने बिषयमा भारत र चीनवीच गहिरो सहमति बनेको एकथरीको दावी छ । 

त्यसपछि संघीयताले नेपालको अर्थतन्त्र धराशायी हुने र धान्न नसक्ने निष्कर्षमा यी छिमेकी पुगिसकेको पनि उनीहरुको विश्वास छ । धर्म निरपेक्षता र संघीयताको विदावारीपछि नयाँ मोडलको सरकार बनाएर अघि बढ्नेसम्मको दुइ देशवीच सहकार्य भैरहेको बताईन्छ । 

राजतन्त्र फर्किने कोइरालाको दावी

यसैवीच,नेपाली कांग्रेसका नेता प्रकाश कोइरालाले नेपालमा राजतन्त्र फर्किने दावी गरेका छन् । ‘अब त राजतन्त्र फर्किने कुरामा कुनै शंका छैन, आयो आयो’ कोइरालाले सरल पत्रिकासँग कुरा गर्दै भने–‘हिजो जसले राजा हटाएको थियो उसैले ल्याउँछ,राजतन्त्र उसको पनि आवश्यकता भैसक्यो ।’ 

अहिलेका सत्तासीन नेताले देशको भौगोलिक र राजनीतिक अवस्था बुझ्न नसकेको टिप्पणी गर्दै कोइरालाले उनीहरुमा शासन गर्ने क्षमता नै नभएको आरोप लगाए । 

बदलिँदो परिस्थिति अनुसार,देशलाई सन्तुलित बाटोमा लिएर अघि बढ्ने नेतृत्वको खाँचो देखिएको बताउँदै नेता कोइरालाले भने– ‘अब जो यो क्षमता प्रदर्शन गर्न अघि आउँछ उसैले नेपालको नेतृत्व गर्छ ।’

नेपाली कांग्रेसको नेतृत्वले पनि आफ्नो ऐतिहासिक महत्व नबुझेको गुनासो गर्दै कोइरालाले प्रश्न गरे–‘खै संसदमा कहाँनेर छ प्रमुख प्रतिपक्ष ?’

 


 

कांग्रेसमा किचलो : आन्तरिक गुटबन्दीले विभाग गठन भद्रगोल

  काठमाडौँ, ७ भदौ । सत्तारुढ नेकपाले पार्टी संरचनालाई पूर्णता दिइरहेका छ । लामो रस्साकस्सी र विवादको सामना गर्दे नेकपाले पाटीएको विभागको टुङ्गो

राजनीतिसँगै कृषि पेशामा युवा नेता

  तनहुँ, ७ भदौ । व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय छन् । उनले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो

राप्रपा (संयुक्त)को बैठक : यस्ता बिषयमा हुदैछन् छलफल 

  काठमाडौँ, ६ भदौ । राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्ने भएको छ । यहि १९ र २० गते राप्रपा

\'सरकारबाटै गणतन्त्रमाथि खतरा छ\'- कोइराला

 विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्रलाई खतरा कतैबाट छ भने सत्तापक्षबाट रहेको बताएका छन् । उनले अरुलाई गणतन्त्रमाथि खतरा