बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

 

 
दार्चुला । दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो । 

प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा  १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी  दिए ।  हिकिला–२ का बडाल दार्चुलास्थित सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० मा जवान पदमा कार्यरत छन् । 

झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा  छाला बरामद गरिएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई जिम्मा लगाइने कठायतले बताए । रासस

 रवि लामिछाने प्रकरणः कलाकारहरुको माग निष्पक्ष छानविन 

काठमाडौं, ७ भदौ । चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिनको माग गरेका छन्

गैरसैनिकलाई सैनिक ‘कम्ब्याट’ पोशाक निषेध

  डोटी, ७ भदौ । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउने खालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ ।

रैथाने प्रविधि लोप हुँदै : यस्ता छन् यसको महत्व

गलेश्वर, ७ भदौ । नेपाली ग्रामीण क्षेत्रमा प्राचीनकालदेखि नै अन्न कुटानी पिसानीका लागि प्रयोग हुँदै आएका परम्परागत रैथाने प्रविधि हिजोआज लोप हुँदै

दिक्तेलबजार व्यवस्थित गर्न पहल

  खोटाङ, ७ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित बनाउन अनुगमनलाई तीव्र बनाएको छ । नगरपालिकाले विशेषगरी