प्रदेश ३ मा ‘स्कूल बस’ सञ्चालन हुने


हेटौँडा । घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ । 

सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु दुई करोड ५० लाख विनियोजन गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । सामाजिक विकास मन्त्रालयले प्रदेशका १० सामुदायिक विद्यालयका लागि बस उपलब्ध गराउने र आवश्यकतानुसार क्रमशः त्यसको सङ्ख्या वृद्धि गर्दै जाने उनको भनाइ छ । 

सामुदायिक विद्यालयका टाढा टाढाबाट विद्यालय आउनुपर्ने विद्यार्थीले थकानका कारण पढाइमा ध्यान दिन नपाउने, गृहकार्य गर्न नपाउने, धेरै समय खेर फाल्नुपर्नेलगायत कुरालाई ध्यानमा राख्दै स्कूल बस उपलब्ध गराउन लागिएको मन्त्री दुलालले बताए ।

हाललाई प्राथमिकताका आधारमा दश विद्यालयलाई एक÷एक बस उपलब्ध गराउन लागिएको छ । विद्यार्थी कम र शिक्षक बढी भएका विद्यालय समायोजन गर्दा केही विद्यार्थीलाई टाढाबाट विद्यालय आउनुपर्ने बाध्यता भएका कारण त्यस्ता विद्यालयलाई प्राथमिकता दिइएको हो । रासस

बिरालोबारे तपाइँलाई थाहा नभएका यी कुराः जासुसी र वैज्ञानिक न्यूटनबीचको सम्बन्ध

बिरालाहरूले मानवलाई खासै महत्त्व दिदैँनन् तर पनि बिरालाहरू गजब भन्ने शब्दको पर्याय ठानिन्छन् । हामी उनीहरूसँग ९ हजार वर्षभन्दा पहिलादेखि सँगै

 रवि लामिछाने प्रकरणः कलाकारहरुको माग निष्पक्ष छानविन 

काठमाडौं, ७ भदौ । चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिनको माग गरेका छन्

गैरसैनिकलाई सैनिक ‘कम्ब्याट’ पोशाक निषेध

  डोटी, ७ भदौ । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउने खालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ ।

रैथाने प्रविधि लोप हुँदै : यस्ता छन् यसको महत्व

गलेश्वर, ७ भदौ । नेपाली ग्रामीण क्षेत्रमा प्राचीनकालदेखि नै अन्न कुटानी पिसानीका लागि प्रयोग हुँदै आएका परम्परागत रैथाने प्रविधि हिजोआज लोप हुँदै