सबै प्रदेश सरकार विषादी परीक्षण प्रयोगशाला बनाउन जुटे

काठमाडौं । अबदेखि प्रदेश सरकारले पनि आफ्नो प्रदेशमा खाद्य बस्तुको विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना गर्ने भएका छन् । खाद्य बस्तुको विषादी परीक्षण गर्न संघीय सरकारले नसकिरहेका बेला प्रदेश सरकार आफंैले एक एकवटा खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना तय गरिएको कुरा सार्वजनिक गरेका छन् । 


शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंमा चाडपर्वको समयलाई लक्षित गरेर आयोजना गरेको बजार अनुगमन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री लिला गिरी, प्रदेश ३ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री विकास लम्सालले खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशालाको स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।


 त्यसका लागि आवश्यक योजना पनि तय गरिएको प्रदेशका मन्त्रीहरुले सुनाए । प्रदेश ५ का गिरीले जनस्वास्थ्यमाथि खेलबाड हुन नदिन प्रदेश ५ ले भैरहवामा खाद्य बस्तुको विषादी परीक्षणका लागि एउटा प्रयोगशाला स्थापना गर्न लागिएको बताए ।

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नेपालले पनि हेटौंडामा दुध, तरकारी र पानीको परीक्षण हुने गरी प्रयोगशाला निर्माण गर्ने बताए । उनले चाडपर्वका बेला बजार अनुगमनको कामलाई अघि बढाउन प्रदेश सरकारलाई स्रोत, साधनले सम्पन्न बनाउन पनि संघीय सरकारसँग माग गरे ।

 
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले खाद्य बस्तुको बजार अनुगमनका लागि बजार अनुगमन निर्देशिका बनाएर कामलाई अघि बढाइएको सुनाए । उनले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन संघीय, प्रदेश र स्थानीय सरकारबीच बलियो सहकार्य हुनुपर्ने औंल्याए ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बूढाले संघीय सरकारले बजार अनुगमनका लागि आवश्यक प्रभावकारी कदम चाल्नुपर्ने माग गरे । उनले कर्णाली खाद्यन्नको हिसाबले पछि परेको हुनाले त्यसमा विशेष व्यवस्था गर्न पनि संघीय सरकारको ध्यानाकर्षण गराए ।
 

यता, संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैं, तिहारजस्ता चाड पर्वका बेला हुने मूल्यवृद्धिलाई ध्यानमा राखेर बजार अनुगमनको कामलाई तीव्रता दिन प्रदेश र स्थानीय सरकारलाई सुझाव दिए । उनले चाडपर्वका बेला उपभोक्तालाई मारमा पार्ने काम हुन नदिन पनि तिनै तहको सरकारले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
 

 
 

झापामा करदाता बढे

  झापा, ७ भदौ । झापामा स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको सङ्ख्या ह्वात्तै बढेको आन्तरिक राजश्व कार्यालय भद्रपुरले जनाएको छ । कार्यालयका

पर्यटन प्रर्वद्धनमा कर्णाली : १६ स्थानमा होमस्टे  

  विरेन्द्रनगर, ७ भदौ । कर्णालीका १६ स्थानमा होमस्टे (घरवास) सञ्चालनमा आउने भएका छन् । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले

यी हुन् प्राकृतिक स्रोतको रोयल्टी बढी पाउने प्रदेश

काठमाडौँ, ६ भदौ । पर्वतारोहण, संरक्षण क्षेत्रको रोयल्टी पाउनेमा सोलुखुम्बु जिल्लाको पासाङल्हामु गाउँपालिका शीर्ष स्थानमा परेपनि प्रदेश नं २ ले

एक सय ४० भारतीय अवैध खसी नियन्त्रणमा

  बर्दिया, ६ भदौ । गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १ सय चालिस वटा खसीसहितको ट्रक प्रहरीले नियन्त्राणमा लिइको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा