प्रदेश सरकारको पहलमा वहुप्राविधिक महाविद्यालय सञ्चालन

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका ५ मा वहुप्राविधिक महाविद्यालय कक्षा सञ्चालन हुने भएको छ । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको पहलमा दिनेश रामजी स्मृती बहुप्राविधिक शिक्षालय सञ्चालनमा आउन लागेको हो ।
 
यसै शौक्षिक सत्रबाट कक्षा सञ्चालनको लागि भर्ना खुल्ला गरिएको छ । अहिले चौतारा बहुमुखी क्याम्पसबाट कक्षा सञ्चालन हुने जनाइएको छ । शिक्षालयका भवनकोे लागि प्रदेश सरकारबाट ११ करोड विनियोजन भैसकेको सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले जनाए । 

भवन निर्माणको लागि जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेका समेत उनले बताए । यसै आर्थिक बर्षबाट भवन निर्माण कार्यको सुरु समेत हुनेछ । 
महाविद्यालयमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, काठमाडौँलगायतको विद्यार्थीलाई अध्ययनको लागि फाइदा पुग्नेछ । छोटो समयमा नै आम्दानी गर्न सकिने भएकाले प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । 

महाविद्यालयको नाम जनयुद्धका सहिदहरु कमल शर्मा ‘दिनेश’ र गोविन्द बजगाईं ‘रामजी’को स्मृतिमा राखिएको छ । सिन्धुपाल्चोकको चौतारामा नै बहुप्राधिक र व्यवसायिक कक्षा सञ्चालन हुने भएपछि सिन्धुवासि हर्षित भएका छन् । 

प्रध्यानाध्यापकको कुटाइबाट विद्यार्थीको भाँचियो दाँत 

बागलुङ । बागलुङ नगरपालिका १४ को गणेश माविका प्रधानाध्यापक कृष्ण गौतम विद्यार्थीको दाँत भाचिने गरि कुटेका छन् । शिक्षक गौतमले कक्षा १० मा अध्ययनरत

  चाणक्य भन्छन्ः कुरौटेसँग टाढै बस

मानिसले आफ्नो जीवनमा के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने विषयमा आचार्य चाणक्यका दसवटा विचारः   मूर्खसँग कहिल्यै विवाद नगर्नुहोस् मूर्ख व्यक्ति

यी हुन् सबैभन्दा होचा डिग्रीधारी 

भावनगर (गुजरात) । तीन फिट उचाई भएका गणेश विठ्ठलभाई बारैयाको बिहीबार स्थानीय  मेडिकल कलेजमा पहिलो दिन थियो । उनी पहिलो वर्ष शैक्षिक शत्रको सम्मेलन

अचम्म तर सत्य: संस्कृत बोल्नोस् मधुमेह ठीक गर्नोस्

काठमाडौं । विश्वकै पुरानो भाषा संस्कृतमा कुराकानी गर्ने मानिसलाई कैयौं रोगहरुले छुन पनि नसक्ने निष्कर्ष एक अनुसन्धानले देखाएको छ । जीवनयापनको