१० करोडको चेक घर्रामा राखेर ठेकेदारसँग बार्गेनिङ गर्दाको परिणाम

काठमाडौं । यो हप्ता (साउन २०) व्यक्तिगतरुपले अहिलेसम्मकै सबैभन्दा ठूलो घुसकाण्डको पर्दाफास भयो । यस्तो काण्ड रच्ने व्यक्ति उपाधि र पदीय हिसावले पनि सबैभन्दा ठूला थिए । कुल ठेक्काको पुरै १० प्रतिशत रकम आफू एक्लैले कुम्ल्याउन दाउमा रहेका यी व्यक्ति पदको हिसावले उपकुलपति हुन् भने उपाधिको हिसावले प्राध्यापक र डाक्टर । यो प्राध्यापक र डाक्टर उपाधि पनि चिकित्सा क्षेत्रकै । 

यो प्रतिशत रकम कार्यकारी प्रमुखले मात्रै लिएका हुन् । कार्यप्रगति विवरण पारित गर्ने इन्जिनियर र लेखापालले पाउने भाग यो विवरणमा उल्लेख छैन । 

उपकुलपति भनेको एउटा शैक्षिक संस्थाको कार्यकारी प्रमुख हो । त्यो सस्थाले करिव २० करोडको काम लगाउँदा र त्यसको आधाकाम सकेर भुक्तानी दिइँदाको चेक घर्रामा राखेर बार्गेनिङ गर्दै ठेक्काको १० प्रतिशत रकम लिए । त्यसवापत उनी रंगेहात समातिएर यतिबेला अख्तियार मार्फत १३ वर्ष कैद र सवा करोड जरिवाना माग भएर अदालतमा मुद्धा दायर भएको छ । 

डरलाग्दो चित्र 

उनले यता यस्तो गरिरहँदाकै समयमा देशभरीकै बिकास निर्माण र सेवाको काम वापत गर्नुपर्ने भुक्तानीको चेक काटेर सम्वन्धितलाई हस्तान्तरण गर्नुको साटो सम्वन्धित कार्यालयका हाकिमले घर्रामा राखेर वार्गेनिङ गरेको रकमको अंक २० अर्बको रहेको विवरण आरहेका थिए । 
यो विवरण ठ्याक्कै माथि उल्लेख भएको अंकको घुससहित पक्राउ परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार  रौनियारले अपनाएको शैलीसँग हुवहु मिल्छ । फरक यत्ति हो यिनी पक्राउ परे तर उनीहरु अर्थात् यो २० अर्बको चेक घर्रामा राखेर वागर्नेनिङ गर्ने मध्येकाहरु भने यतिबेलासम्म जोगिएका हुनुपर्छ । असारको अन्तिम हप्तातिर इन्जिनियरले अख्तियारको जेल भरिएको भन्ने त समाचार नै आइसकेको छ । 

यी उपकुलपति,प्राध्यापक,डाक्टरले जसरी चेक लुकाएर रकमको उल्लेखित अंक प्राप्त गरेको भनी अदालतमा मुद्धा दर्ता भयो त्यसैदिन अर्थात् साउन २० सम्ममा असार मसान्तसम्म काटिएका २१ अर्ब रुपैयाँ बराबरका चेक साट्न बाँकी थियो । असार मसान्तसम्म चेक काटे पनि बिकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित कार्यालयले हस्तान्तरण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालयकै भनाइ आयो । कोष तथा लेखा नियन्त्रक कार्यालयले भुक्तानीको चेक सम्बन्धित खर्च निकायमा पठाएपनि ठेकेदारसँग मोलमोलाइका लागि समयमा हस्तान्तरण नभएको ठहर गरेको छ । यद्यपि यस्तो ठम्याइ औपचारिक भने होइन । तर काटिसकिएको चेक २० दिनसम्म नसाटिने भनेको त्यसको पृष्ठमा रहेकोे कारण चाहिँ कमिशनकै लागि हाकिमले गरेको मोलमोलाइ हो भन्नेमा शंका नरहला । उपकुलपति रौनियारले यस्तो काटिएको चेक १० दिनसम्म घर्रामा थन्क्याएर वार्ता गरेको र कुरा मिलेपछि छाडिदिएको कुराले प्रतिकात्मक उदाहरण कायम गरिनै सकेका  अवस्थामा त यसमा शंकागर्नुृ पर्ने ठाउँनै रहँदैन ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार असारमा काटिएका २४ हजार नौ सय १७ थान चेक यो बेलासम्म साट्न बाँकी थिए । यस्तो चेक करिब २१ अर्ब रुपैयाँका छन् । असारमा काटिएको चेक साउन २० गतेसम्म पनि नसाटिनुलाई चलखेल भएको मानिएको हो । पूर्व अर्थ सचिव रामेश्वर खनालको अनुमान पनि त्यस्तै छ । उनका अनुसार ‘यत्रो समयसम्म कर्मचारीले चेक घर्रामा राखेर ठेकेदार तथा आपूर्तिकर्तासँग ‘बार्गेनिङ’ गर्छन् ।’
सामान्यतया बंैक छेउछामउमै रहेछन् भने चेक काटिएको एक डेढ घण्टामै साटिन्छ । सरोकारवालाले पनि त्यो चेक साटेर भुक्तानी गर्नेठाउँ धेरै हुन्छन् । ठेकेदारका त कामदारले त्यसैपनि दवाव दिइरहेका हुन्छन् । जानिफकारका अनुसार त्यसकारण भुक्तानी दिनुपर्नेका हातमा परेको अवस्थामा यस्तो चेक केही घण्टापनि नसाटी रहँदैन । सम्बन्धित चेक सरकारी कार्यालय आफैंले राख्दा साट्न ढिलाइ हुने गरेको छ । यस्तो चेक भुक्तानी नगरेर जालसाजीका लागि सरकारी कर्मचारीले राख्ने गरेका यसले पनि बुझाउँछ । 

प्रकृया हेर्दा काम सकिएपछि सम्बन्धित कार्यालयले विवरणसहित चेक काट्न कोष तथा लेखा नियन्त्रकको कार्यालय पठाउँछ । यहाँबाट विवरणका आधारमा चेक काटी सम्बन्धित कार्यालयमा पठाइन्छ । तर, त्यस्ता चेकलाई कार्यालयले आफ्नै घर्रामा राख्ने गरेको विगतकै उदाहरण हुन् जो यो पटक अलिक बढी अँकमा प्रकट भयो । आर्थिक वर्ष सकिएको ३० दिनसम्म चेक साट्नुपर्ने व्यवस्था छ । चेक घर्रामा राखेर ‘बार्गेनिङ’ गर्ने सरकारी कार्यालयको प्रवृत्ति कम गर्न ३० दिनसम्म साट्ने व्यवस्था ल्याइएको वताइएको छ । तर उल्टो उनलाइनै फइदा भैरहेको देखियो ।  
सामान्यतया आर्थिक अनुशासन कायम राख्न असार २५ गते नै चेक काट्नुपर्ने व्यवस्था छ । त्यसपछि चेक काट्नुपरे महालेखा नियन्त्रकको अनुमति लिनुपर्ने हुन्छ । तर असार मसान्तसम्मै चेक काटिन्छ । ०७५÷७६ मा असार मसान्तकै दिन सबैभन्दा बढी (४६ हजार थान) चेक काटिएको थियो । जानकार सूत्रका अनुसार त्यो एक दिनमा ३० अर्वको चेक काटिएको थियो । 

विगतकोभन्दा यो वर्ष असारमसान्तलाई सरकारले विशेषरुपले भुक्तानीको व्यवस्था गरेको थियो । कसकसले यसलाई ढुकुटी दोहनका लागि सजिलो पारिएको वताए । यो वर्ष भिन्न के भयो भने असार अन्तिमका दुईदिन दिनरात कार्यालय खुलाउन त्यसरी नै दिनरात बैँकपनि खोल्न   भनियो । यी सबै गरिएपछि अर्थमन्त्रालयले महालेखानियन्त्रणको वेभसाइट आफ्नो नियन्त्रणमा लिएर यी दुइदिन भएका कारोवारलाई गोप्य   राख्यो ।  

यसअघि मलेनिकाले असारका दिन घट्दै जाँदा कुन दिन कति चेक काटिए भन्ने पाइपाइको विवरण लिंकमा राख्नेगरेको थियो जसले पत्रपत्रिकामा घण्टाघण्टाका विवरण आइरहे । यही विवरण मध्येमा २९ गतेको एकदिनमात्र २० अर्वको चेक काटिएको थियो । त्यसपछि विवरण लुक्यो । अर्थले असार मसान्तको यस्तो काम सार्वजनिक भए आफू वद्नाम हुने ठानेर मलेनिकाको वेभ ह्याक गरेको पछि पुष्टी भयो ।  

रौनियारका प्रतिकात्मक काम 

घुससहित पक्राउ परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. रौनियारले एउटै ठेककाको एउटै काममा एकै व्यक्तिबाट एक करोड २० लाख रुपैयाँ घुस लिएको पाइयो । त्यसै मध्येको  एक करोड दुई लाख रुपैयाँ उनले आफ्ना चालक मार्फत लिएका थिए । उपकुलपति रौनियार र उनका भतिज प्रतिष्ठानका मेडिकल हाउस अफिसर डा.रामहरि रौनियार यसका नाइके हुन् । उनीविरुद्ध १३ वर्षसम्म कैद र एक करोड २८ लाख जरिवाना सजायको दाबी गरिएको छ । भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १ (झ) अनुसार एक करोडभन्दा बढी घुस लिनेलाई आठ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै विशिष्ट श्रेणीको कर्मचारी भएकाले सोही ऐनअनुसार उनीविरुद्ध थप तीन वर्ष कैद माग गरिएको हो । सहायक भ्रष्टाचारी रामहरि विरुद्ध डेढ वर्षदेखि साढे दुई वर्ष कैद र आठ लाख रुपैयाँ जरिवाना सजाय माग गरिएको छ । 

भ्रष्टाचारमा सबैभन्दा ठूलो 

बिगोको दृष्टिकोणले घुस लिएको आरोपमा अख्तियारले चलाएको यो सबैभन्दा ठूलो मुद्दा हो । यसअघि अख्तियारकै पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध ७८ लाख रुपैयाँ बिगोको मुद्दा चलाइएको थियो । यो मुद्दामा आठ लाख रुपैयाँ मात्र बरामद भए पनि अन्य तथ्यले रौनियारले एक करोड २८ लाख रुपैयाँ नै लिएको अनुसन्धानले देखायो । यी रौनियार काका भतिजलाई २६ असारमा आयोगको टोलीले रंगेहात पक्राउ गरेको थियो । प्रतिष्ठानको भवन निर्माणको ठेक्का पाएको कम्पनीसँग उपकुलपति रौनियारले बिल भुक्तानीका लागि पछिल्लो पटक आठ लाख लिएका थिए । त्यो पैसा उनले भतिज रामहरिलाई राख्न दिएका थिए । रामहरिको क्वार्टरबाट आयोगले सो रकम बरामद गरेको थियो । सुरुमा उनले पैसा नभएको बताएका थिए । तर, घरभित्र पैसा बरामद भएको थियो । उपकुलपति रौनियारले भने बरामद भएको आठ लाखबारे आफूलाई जानकारी नभएको बयान दिएका थिए  तर, उनका भतिज रामहरिले काकाकै आग्रहमा आफूले घुस रकम कोठामा राखेको बयान दिए ।

नौ करोडको काम सवा करोडको कमिशन 

प्रतिष्ठानले फार्मेसी भवन बनाउन करिब १२ करोड तथा होस्टेल भवन बनाउन सात करोडको ठेक्का लगाएको थियो । दुवै ठेक्का श्याम सुन्दर निर्माण प्रालि नामको कम्पनीले पाएको थियो । त्यो कम्पनीले पनि गिना कन्ट्रक्सनलाई दुवै भवन निर्माणको जिम्मेवारी दियोे । दुवै भवन निर्माणको करिब आधा कम सकिएको छ । फार्मेसी भवन निर्माणको १४ मध्ये पाँच करोड र होस्टेल निर्माणको सातमध्ये चार करोड रुपैयाँ भुक्तानी भइसकेको छ । यसरी करिब नौ करोड भुक्तानीका लागि आफूले एक करोड २८ लाख रुपैयाँ उपकुलपतिलाई बुझाउनुपरेको गिना निर्माण प्रालिका प्रोजेक्ट म्यानेजर सुशीलकुमार झाले अख्तियारमा दिएको निवेदनमा उल्लेख छ । उपकुलपतिले हरेक ठेक्कामा करिब १० प्रतिशत कमिसनको रेट नै तोकेर पैसा लिने गरेको आयोगको अनुसन्धानमा खुल्यो । ठेकेदार झाले १४ लाख रुपैयाँ आफैँले रौनियारलाई लगेर बुझाएको र एक करोड दुई लाख रुपैयाँ चालक दिवाकर कार्कीमार्फत दिएको बयानमा वताएका छन् । चालक कार्कीले आफूले पटक–पटक झासँग पैसा लिएर रौनियारलाई बुझाएको स्वीकार गरेका छन् । घुस लेनदेनमा संलग्न भए पनि अख्तियारलाई अनुसन्धानमा सहयोग गरेकाले उनलाई सजायमा पूर्ण छुट दिई साक्षीका रूपमा प्रस्तुत गरिएको छ ।

२० अर्बसँग मिल्दोजुल्दो 

माथि उल्लेख भएको २० अर्वको चेक साटिन बाँकी रहेको विवरणसँग यो घटना मिल्दोजुल्दो छ । यो निर्माण काममा  कम्पनीले चौथो रनिङ बिल भुक्तानीका लागि गत जेठमा ८७ लाख दुई सय ७२ रुपैयाँको बिल पेस गरेको थियो । रनिङ बिल स्वीकृत गर्न सम्झौताअनुसारको गुणस्तरीय काम भए–नभएको मूल्यांकन हुनुपर्छ । सम्झौताअनुसार नै काम गरेको इन्जिनियरिङ प्रतिवेदनका आधारमा गत १० असारमा कम्पनीको नाममा चेक काटियो । तर, चेक ठेकदारको होइन उपकुलपतिको झोलामा पुग्यो । भुक्तानीको १० प्रतिशत रकम नदिएसम्म भुक्तानी नदिने भन्दै उनले बार्गेनिङ सुरु गरे । 

गिना निर्माण प्रालिका प्रोजेक्ट म्यानेजर झा गत २६ असारमा झोलामा आठ लाख घुस लिएर रौनियारको कार्यकक्षमा प्रवेश गरे । खल्तीमा मोबाइलको भिडियो अन गरेर आर्थिक डिलबारे कुरा गर्न थाले । रौनियारले त्यो थाहा पाएपछि मोबाइल खोसेर स्वीचअफ गरेका थिए । त्यसपछि मात्र उनले पैसा लिएर भतिजलाई राख्न दिएका थिए । झाले पहिले नै अख्तियारलाई खबर गरेर सो पैसा दिएका थिए । त्यसैले केही समयमै आयोगको टोली पुगेर पैसा बरामद गरी उनीहरूलाई पक्राउ ग¥यो । झाले त्यसअघि भएका पैसा लेनेदनका अडियो र भिडियोसमेत राखेका थिए । आयोगको अभियोगपत्रमा भनिएको छ, ‘निवेदकले उपकुलपतिसँग उक्त चेक बुझिलिएको देखिएबाट समेत लेखा शाखाले नियमानुसार ठेकदारलाई भुक्तानी दिनुपर्ने चेक उपकुलपति राजकुमार रौनियारले गलत मनसायले आफ्नो साथमा राखी रिसवतवापतको कमिसन रकम यकिन भएपछि मात्र ठेकेदारलाई चेक दिने गरेको तथ्य निर्विवाद रूपमा स्थापित भइआएको छ ।’ 

कमिशन वार्ताको एउटा नमूना 

अख्तियारले अदालतमा दायर गरेको यो रौनियार काण्डको मुद्धामा एउटा वार्ताको विवरणको अंश पनि प्रस्तुत गरेको छ । यो उक्त अस्पताल परिसरको यो एउटा निर्माणकार्यमा त्यसका कार्यकारीले ठेकेदारसँग कसरी कमिशन मागे भन्ने मात्र नभएर देशभरी र खासगरी चेक काटिएको तर विसौं दिनदेखि नसाटिएको माथि उल्लेखित करिवकरिव २१ अर्ब रुपैयाँबारेको विवरणलाई पनि बुझाउला-

ठेकेदार: पैसाको जोगाडमा लागेको छु, तपाईंलाई भइहाल्छ, अब छिटो हुन्छ । 
अर्का व्यक्ति:  कुरा नफेर्नु, नत्र राम्रो हुँदैन । 
ठेकेदार: एक ठाउँबाट मागेको छु, आएपछि गरौंला ।
अर्का व्यक्ति: हुन्छ । मोबिलाइजेसनबापत लिएको रकमलाई बिलमा मिलाउनुपर्छ । कति पर्सेन्ट निस्कन्छ ?
ठेकेदार: साठीवालामा तपाईंको सात छक्के वयालिस  ।
अर्का व्यक्ति:  त यसमा मेरो निस्किन्छ, १२ दिएपछि बढी निस्किँदैन । म तपाईंलाई साँच्चै धेरै काम दिन्छु, अहिले मलाई दिनुहुन्छ कि दिनुहुन्न ?
ठेकेदार : अँ, १६ ठीक छ ।
अर्का व्यक्ति : आजै छाडिदिन्छु । (आजै छाडिदिन्छु भन्नुको अर्थ आफुले नियन्त्रणमा राखेको चेक कमिशनको कुरा मिलेपछि लैजानु भनिएको बुझाइ) 
 (नोट: यो संवादमा ठेकेदार भनिएका व्यक्ति सुशीलकुमार झा हुन् भने अर्का व्यक्ति रंगेहात घूसको मुद्दामा विशेष अदालतमा प्रमुख प्रतिवादी बनाइएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति राजकुमार रौनियार हुन् ।)

यो राज्य व्यवस्था टिक्न असम्भव 

 राजा आउन सजिलै सम्भव देखिन्न र यो राज्य व्यवस्था टिक्न असम्भव , के हामी भविष्यहीन जस्तै नै हो ?  कोकोहोलो मच्चाउनै पर्दैन,ढिलो चाँडो तपाइँहरूले नै

राजाले खोक्दा पनि किन तर्सिन थाले शक्तिशाली नेता ?

 योगी नरहरिनाथ पिताजीलाई भेट्न आइरहन्थे, आमाले र दाइ दिदीहरूले चर्चा गर्दा मैले योगीजीको नाउँ थाहा पाएको थिएँ । योगी राजा महेन्द्रका उच्च प्रसंशक

 पूर्वराजामाथि गम्भीर षडयन्त्रको संकेत 

नेकपा अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउने, राजाबादीलाई खरानी पार्ने आदि ध्वाँस दिइरहेकै बेला केही सूत्रहरुले पूर्व

 आफ्नो सुरक्षाको प्रत्याभूति भए हिन्दू धर्म मान्न प्रचण्ड तयार

काठमाडौं । ‘दोस्रो शक्तिशाली नेता’ को राजनीतिक दर्जामा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सुरक्षाको प्रत्याभूति हुनेभएमा वैदिक